stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance
global ime bank long

नेपालमा एक लाख ३८ हजार मेट्रिक टन चामल मौज्दात

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सरकारी तथा निजी क्षेत्रका व्यवसायीसँग डेढ लाख मेट्रिक टन चामल मौज्दात रहेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडसँग १५ हजार ५९ मेट्रिक टन र निजी क्षेत्रसँग एक लाख २३ हजार २४५ मेट्रिक टन चामल मौज्दात रहेको छ ।

तथ्याङ्कअनुसार खाद्य कम्पनीसँग रहेको मौज्दात चामलमध्ये दुई हजार ९५३ मेट्रिक टन दुर्गमका २३ जिल्लामा रहेको छ । यसैगरी निजी क्षेत्रका उद्योगसँग ६० हजार मेट्रिक टन चामल मौज्दात रहेको मन्त्रालयले जनाएको छ ।

निजी क्षेत्रसँग रहेको ९८ हजार ५४ मेट्रिक टन धानबाट ६३ हजार २४५ मेट्रिक टन चामल उत्पादन हुने अनुमान गरी निजी क्षेत्रसँग एक लाख २३ हजार २४५ मेट्रिक टन चामल मौज्दात रहेको बताइएको छ ।

मन्त्रालयका सहप्रवक्ता उर्मिला केसीका अनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडसँग चामलसँगै ६५१ क्विन्टल फापर, ५०० क्विन्टल सिमी, ५४३ मेट्रिक टन गहुँ खरिद गरी मौज्दात राखिएको छ भने १३ मेट्रिक टन दाल तथा गेडागुडी मौज्दात रहेको छ । धान र गहुँ खरिद प्रक्रियामा रहेको जनाइएको छ ।

त्यसैगरी साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडसँग दुर्गमका जिल्लामा दुई हजार ७४८ मेट्रिक टन नुन मौज्दात रहेको र आयात प्रक्रियामा रहेको एक लाख ३६ हजार ७७५ मेट्रिक टन नुन आयात प्रक्रियामा रहेको छ ।

साल्ट ट्रेडिङसँग दुई हजार १६८ मेट्रिक टन चिनी र निजी उद्योगसँग ३६ हजार ४६६ गरी ३८ हजार ६३४ मेट्रिक टन चिनी मौज्दात रहेको छ । निजी क्षेत्रका व्यापारीसँग दाल, केराउ तथा चना १६ हजार ८१ मेट्रिक टन मौज्दात रहेको छ भने ८३ हजार ९६७ मेट्रिक टन खानेतेल आयात प्रक्रियामा रहेको जनाइएको छ ।

तेल उद्योगसँग १०० मेट्रिक टन पामआयल, दुई हजार ८६८ मेट्रिक टन पामोलिन तेल, एक हजार ८३० मेट्रिक टन सोयाबिन तेल, एक हजार ३६५ मेट्रिक टन सूर्यमुखी तेल मौज्दात रहेको छ । यसैगरी छ हजार ८८४ मेट्रिक टन तेल आयातको प्रक्रियामा रहेको छ भने ५३ हजार २६४ मेट्रिक टन तेल कोलकातामा मौज्दात छ ।

मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार नेपाल आयल निगमको थानकोट डिपोमा ३५ हजार ९२८ किलोलिटर डिजेल, सात हजार ५८ किलोलिटर पेट्रोल र एक हजार ३६० किलोलिटर मट्टिलेत मौज्दात रहेको छ ।

यसैगरी निगमको सिनामङ्गल डिपोमा छ हजार ४२९ किलोलिटर हवाई इन्धन मौज्दात रहेको छ भने विभिन्न ग्यास उद्योगसँग एक हजार ४३२ मेट्रिक टन ग्यास मौज्दात रहेको छ ।

सहप्रवक्ता केसीका अनुसार पछिल्लो समय पेट्रोलियम पदार्थको आयातको तुलनामा बिक्री वितरणमा वृद्धि भएको छ भने खाना पकाउने ग्यासको दैनिक आयातको तुलनामा मागमा वृद्धि भएको छ । रासस

prabhu mahalaxmi
kumari