macchha(MBL)
Everest Bank
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

फिफा विश्वकप छनोट: ३९ वर्षपछि आज युएईसँग भिड्दै नेपाल

citizens bank
Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । फिफा विश्वकप २०२६ र एएफसी एसिया कप २०२७ को संयुक्त छनोट अन्तर्गत दोस्रो चरणको पहिलो खेलमा नेपाल आज संयुक्त अरब इमिरेट्स (युएई) सँग भिड्दैछ ।

समूह एचमा रहेका नेपाल र युएईबीचको खेल दुबईस्थित अल माक्तोउम स्टेडियममा आज राति स्थानीय समय अनुसार पौने ८ बजे सुरु हुनेछ ।

नेपालले दोस्रो पटक युएईको सामना गर्न लागेको हो । यसअघि सन् १९८४ मा एसिया कप छनोटमा नेपालले युएईसँग खेलेको थियो । जहाँ नेपाल ११–० को फराकिलो अन्तरले पराजित भएको थियो ।

नेपाली टिममा अहिले युवा खेलाडीहरूको बाहुल्य रहेकाले बलियो टोली युएईविरुद्ध कस्तो प्रदर्शन गर्ला भन्ने धेरैको चासो छ ।

कप्तान किरणकुमार लिम्बु डिफेन्डर रोहित चन्द र फरवार्ड अञ्जन विष्ट मात्र नेपाली टोलीमा अनुभवी खेलाडी छन् ।

किरण, रोहित र अञ्जनबाहेक बाँकी खेलाडी सन् २०२१ यता मात्र टिमका परेका खेलाडीहरू छन् ।

यसपटक नेपाली टोलीमा योगेश गुरुङ, निशान हमाल र राजेश परियार तीन नयाँ खेलाडी छन् । योगेश डिफेन्डर, निशान मिडफिल्डर र राजेश फरवार्ड हुन् ।

को को छन्, नेपाली टोलीमा
गोलकिपर : किरणकुमार लिम्बू, दीप कार्की, अभिषेक बराल

डिफेन्डर : सनिश श्रेष्ठ, रोहित चन्द, अञ्जन राई, आशिष चौधरी, अमृत श्रेष्ठ, एरिक विष्ट, छिरिङ लामा, योगेश गुरुङ

मिडफिल्डर : लकेन लिम्बू, उत्सव राई, क्रितिश रत्न छुन्जु, मनिष डाँगी, सेसेहाङ आङदेम्बे, निशान हमाल ।

फरवार्ड : अञ्जन विष्ट, आयुष घलान, जिलेस्पी जंग कार्की, हिसुब थपलिया, सञ्जीव विष्ट, राजेश परियार

३० कात्तिक २०८०, बिहीवार ०७:०५ बजे प्रकाशित

NTA long ad