macchha(MBL)
Everest Bank
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

एलआईसी नेपालको आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक

citizens bank
Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । प्रकाशित तथ्यांक अनुसार कम्पनीको नाफा ८८ दशमलव ५४ प्रतिशतले वृद्धि हुँदै ५ करोड ९७ लाख पुगेको छ। गत आर्थिक वर्ष सोही अवधिमा नाफा ३ करोड १६ लाख रुपैयाँ थियो ।

३ महिनाको अवधिमा कम्पनीले ४ अर्ब ५१ करोड कुल बीमा शुल्क आर्जन गरेको छ । कुल बीमा शुल्क आर्जनबाट कम्पनीले १ करोड ९५ लाख रुपैयाँ पुनर्बीमामा खर्चिएको छ भने ४ अर्ब ४९ करोड खुद बीमा शुल्क आर्जन गरेको छ ।

कुल बीमा शुल्क आर्जन शुन्य दशमलव १७ प्रतिशतले घट्दा खुद बीमा शुल्क आर्जन शुन्य दशमलव १० प्रतिशतले घटेको छ ।

त्यस्तै तीन महिनाको अवधिमा कम्पनीले अभिकर्ता कमिशन अन्तर्गत ३० करोड ६२ लाख खर्च गरेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले ३५ करोड ६६ लाख खर्च गरेको थियो ।

२ अर्ब ६५ करोड चुक्ता पुँजी भएको कम्पनीको संचित मुनाफामा २ अर्ब संचित गरेको छ । त्यस्तै अन्य इक्वीटी ६२ करोड २९ लाख पुगेको छ ।

जीवन बीमा कोष असार मसान्तको तुलनामा १२ दशमलव ९१ प्रतिशतले वृद्धि हुँदै १ खर्ब १० अर्ब पुगेको छ। असार मसान्तमा जीवन बीमा कोष ९७ अर्ब ८८ करोड थियो ।

३० कात्तिक २०८०, बिहीवार ०७:१४ बजे प्रकाशित

NTA long ad