stcnepal long ad
ime life insurance
national life
global ime bank long

नयाँ नेतृत्व चयनका लागि आज नेपाल क्रिकेट संघ (क्यान) को चुनाव 

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को आज शनिबार नयाँ नेतृत्व चयनका लागिको चुनाव हुँदैछ। शुक्रबार साधारण सभाको उद्घाटन र बन्द सत्र सक्याएको क्यानमा आज निर्वाचन हुन लागेको हो।

नयाँ नेतृत्वमा पनि क्यानका हालका अध्यक्ष चतुरबहादुर चन्द नै दोहोरिने सम्भावना देखिएको छ। हुन त उनले सर्वसम्मत रुपमा नै फेरि अध्यक्ष बन्ने तयारी गरेका थिए।

तर अन्तिम समयमा बर्दिया जिल्ला क्रिकेट संघका अध्यक्ष विनयराज भण्डारीले अध्यक्ष पदका लागि उम्मेदवारी दिने घोषणा गरेका छन्।

जिल्ला र प्रदेशको चुनावपछि पूर्व कप्तान पारस खड्का सहितलाई लिएर चन्द प्यानलै बनाएर चुनावी मैदानमा उत्रदैछन्। उनकै प्यानलबाट पारस भने सचिवमा उठ्ने तयारीमा रहेको बताइएको छ।

IME Lifesidebar
kumari