stcnepal long ad
global ime bank long

नेपालले सन् २०२२ मा कतारमा हुने फिफा विश्वकप छनोट तीनै खेल घरेलु मैदानमा खेल्ने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल

काठमाडौं । सन् २०२२ मा कतारमा हुने फिफा विश्वकप र सन् २०२३ मा चीनमा हुने एसियन कपको संयुक्त छनोट अन्तर्गत स्थगित भएका दोस्रो चरणको स्थगित भएको खेलहरुको नयाँ मिति सार्वजनिक भएको छ ।

एएफसीले शुक्रबार कोरोना संक्रमणका कारण स्थगित भएका खेलहरुको नयाँ मिति सार्वजनिक गरेको छ । अब नयाँ खेल तालिका अनुसार नेपालले दशैं र तिहारअघि आफ्नो खेल घरेलु मैदान दशरथ रंगशालामा खेल्नेछ । छनोट अन्तर्गत समूह सी मा रहेको नेपालले आफ्नो अन्तिम तीन खेल खेल्न बाँकी रहेको छ । तीनै खेल नेपालले घरेलु मैदानमा खेल्ने छ ।

सुरुवात पांच खेलमा नेपालले १ जित र ४ हारसहित ३ अंक जोडेको छ । पाँच राष्ट्र सम्मिलित समूहमा नेपाल चौथो स्थानमा छ । नेपालले पछिल्लो पटक घरेलु मैदान तयार नहुँदा कुवेतसँगको खेल भुटानको चाङलिमिथाङ मैदानमा खेलेको थियो ।

उक्त खेलमा नेपाल १-० ले पराजित भएको थियो । त्यसअघि खेलेका ४ अवे खेलमध्ये नेपालले चाइनिज ताइपेइको मैदानमा २-० को जित हासिल गरेको थियो । नेपालले पहिलो खेलमा कुवेतको मैदानमा ७-० को हार बेहोरेको थियो ।

दोस्रो खेलमा जित दर्ता गरेपछि अष्ट्रेलिया पुगेको नेपाली टोलीले त्यहाँ ५-० को हार बेहोरेको थियो । चौथो खेलमा नेपाल जोर्डनको मैदानमा ३-० ले पराजित भएको थियो । अब नेपालले घरेलु मैदानमा चाइनिज ताइपेइ, अष्ट्रेलिया र जोर्डनसँग खेल्ने कार्यक्रम रहेको छ ।

नयाँ खेल तालिका अनुसार नेपालले असोज २२ (८ अक्टोबर)मा चाइनिज ताइपेइसँग, असोज २७ गते अष्ट्रेलियासँग र २७ कार्तिक (१२ नोभेम्बर)मा जोर्डनसँग खेल्दै नेपालले आफ्नो विश्वकप छनोट सम्पन्न गर्नेछ ।

पाँच राष्ट्र सम्मिलित समूहको शीर्ष स्थानमा रहने टोलीले एसियन कपमा छनोट हुनुका साथै विश्वकप छनोटको तेस्रो चरणमा सहभागी हुन पाउनेछ । दोस्रो हुने उत्कृष्ट चार टोली पनि विश्वकपको तेस्रो चरणका साथै एसियन कपमा अगाडी बढ्नेछन् भने तेस्रो स्थानसम्मका टोली एसियाली कपको छनोटको तेस्रो चरणमा छनोट हुनेछन् । समूहको उत्कृष्ट ४ चौथो हुने टोली एसियाली कप छनोटको तेस्रो चरणमा पुग्दा बाँकी टोलीले उक्त छनोटमा पुग्न प्लेअफ खेल्नुपर्नेछ ।

हालसम्मको नतिजा हेर्दा नेपाल एसियन कप छनोटका लागि प्लेअफ खेल्नुपर्ने स्थितिमा छ । नेपालले बाँकी तीन खेलमा भने सुखद नतिजा हासिल गर्ने अपेक्षा गरिएको छ । नेपालले महाभूकम्पका कारण रंगशाला बिग्रीएपछि अन्तर्राष्ट्रिय मान्यता प्राप्त फिफाको खेल खेलेको छैन ।

नेपाल रहेको समूह ‘बी’मा अष्ट्रेलिया ४ खेलमा १२ अंकसहित शीर्ष स्थानमा छ । दोस्रो स्थानको कुवेत र तेस्रो स्थानको जोर्डनको समान १०-१० अंक रहेको छ । नेपाल ३ अंकसहित चौथो स्थान तथा अंकविहिन चाइनिज ताइपेइ अंकविहिन रहेको छ ।

IME Lifesidebar
kumari