citizens life insurance long ad

पोखरा फाइनान्सको कारबाही फुकुवा

prabhu mahalaxmi
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । कमजोर पुँजीकोषका कारण डेढ वर्षदेखि नेपाल राष्ट्र बैङ्कको शीघ्र सुधारात्मक कारबाहीमा परेको पोखरा फाइनान्स लिमिटेड मर्जरमार्फत वित्तीय अवस्था सुधार्ने आधार बनेपछि उक्त कारबाहीबाट मुक्त भएको छ ।

राष्ट्र बैङ्कले पोखरा फाइनान्स लिमिटेडमाथि लगाइएको शीघ्र सुधारात्मक कारबाही फुकुवा गरेको हो । संस्थाको पुँजीकोषीय अवस्था कमजोर भएपछि करिब डेढ वर्षअघि लागु गरिएको उक्त कारबाही समृद्धि फाइनान्स कम्पनी लिमिटेडसँगको मर्जरपश्चात् वित्तीय अवस्थामा सुधार आउने देखिएपछि हटाइएको हो ।

राष्ट्र बैङ्कको वित्तीय संस्था सुपरिवेक्षण विभागले शुक्रबार सार्वजनिक गरेको सूचना अनुसार पोखरा फाइनान्सको पुँजीकोष अनुपात नियामकीय न्यूनतम सीमाभन्दा निकै तल झरेपछि २०८१ माघ २३ गते शीघ्र सुधारात्मक कारबाहीसम्बन्धी विनियमावली, २०७४ अन्तर्गत विशेष निगरानी र सुधारात्मक व्यवस्थामा राखिएको थियो ।

समृद्धि फाइनान्ससँग गाभिएपछि संस्थाको पुँजी संरचना र वित्तीय सूचकमा उल्लेखनीय सुधार आउने देखिएकाले कारबाही फुकुवा गर्ने निर्णय गरिएको राष्ट्र बैङ्कले जनाएको छ ।

राष्ट्र बैङ्कका अनुसार पोखरा फाइनान्सको २०८० पुस मसान्तको अपरिष्कृत वित्तीय विवरणका आधारमा गरिएको समष्टिगत स्थलगत निरीक्षण प्रतिवेदन तथा आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासिक गैरस्थलगत विवरणको विश्लेषणपछि सुपरिवेक्षकीय समायोजन गर्दा संस्थाले कायम गर्नुपर्ने न्यूनतम पुँजीकोष अनुपातभन्दा अवस्था अत्यन्त कमजोर रहेको देखिएको थियो ।

वित्तीय संस्थाको स्थायित्वमा जोखिम देखिएपछि केन्द्रीय बैङ्कले शीघ्र सुधारात्मक कारबाही प्रक्रिया अघि बढाएको थियो ।यस अवधिमा पोखरा फाइनान्सले आफ्नो वित्तीय अवस्था सुधार गर्न रणनीतिक साझेदार खोज्ने प्रयास गरेको थियो । सोही क्रममा समृद्धि फाइनान्स कम्पनी लिमिटेडसँग मर्जर प्रक्रिया अघि बढाइएको थियो ।

IME Lifesidebar
kumari