stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

“प्राकृतिक चिकित्सा र कोरोना भाइरस”

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad
आर्थिक सञ्जाल चैत्र २९, २०७६ शनिबार
कोरोना र प्राकृतिक उपचार अमेरिकामा कोरोनाबाट १८, ७७३ जनाको ज्यान गै सकेको छ । ५०३५७४ जनामा कोरोना सम्क्रमण छ । छिमेकी भारतमा २४९ को ज्यान गयो, ७६१४ सम्क्रमणमा छ्न । पछिल्लो २४ घण्टामा ४१ जनाको ज्यान गयो । महाराराष्ट्रमा सबैभन्दा बढि १३९६ जनामा सन्क्रमण देखिएको छ ।
७७९ जना निको भएका छ्न । भारतमा २१ दिन लामो लकडाउन बैशाख २ गते सकिदैछ । हामी चनाखो बनौ । नत्र सरकारलाई मात्र दोष दिएर कसैको ज्यान जोगिनेवाला छैन ।
Hope you & your family are doing well and all your loved ones are safe and sound. Please take care, stay home and be safe. Stay blessed•
“प्राकृतिक चिकित्सा र कोरोना भाइरस”
जीवन शक्ति र शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउनको लागि खानपान र जीवनशैलीको बारेमा जान्नुपर्ने कुरा । सामान्यतया खानेकुरालाई तीन भागमा वर्गीकरण गरिएको छ ।
१) शरीरको वृद्धि बिकास गर्ने खानेकुरा- प्रोटीन जसको मुख्य स्रोत भनेको गेडागुडी, माछामासु, दाल, दुध र दुधका परिकार आदि पर्दछन्
२) शरीरलाई शक्ति दिने खानेकुरा- कार्बोहाइड्रेट र चिल्लो पदार्थ जसको मुख्य स्रोत भनेको अन्न हरु गहुँ, मकै, कोदो, चामल, फापर, जौ,  आलु र सबैखाले चिल्लो पदार्थ हरु पर्दछन् ।
३) शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउने खानेकुरा- भिटामिन, खनिज र प्राकृतिक तत्व (Natural enzymes) हरु हुन । यी तत्वहरूको मुख्य स्रोत भनेको मौसमी फलफूल, तरकारी, हरियो सागपात, अंकुरित गेडागुडी, सलाद, मह, आदि पर्दछन् साथै कागती लगायतका अन्य अमिलो जातको फलफूलले रगतमा जिवाणुहरु (व्याक्टेरिया भाइरस) सँग लड्न सक्ने क्षमता बढाउँछ ।
साथै हाम्रो भान्सामा मसलाको रुपमा प्रयोग गरिने चिजहरु अदुवा, बेसार, लसुन, प्याज, मरिच, ल्वाङ, सुकमेल, जीरा, धनिया, ज्वानो, मेथी, हिङ्ग, टिमुर आदिमा समेत हाम्रो रोगप्रतिरोधात्मक क्षमता बढाउने प्राकृतिक तत्वहरु पाइन्छन् । त्यसैले आफ्नो नियमित खानामा तेस्रो प्रकारका खानपानलाई सकेसम्म जोड्ने ।
शरीरलाई आवश्यक तरल पदार्थ र पानीको मात्रा पुर्‍याउने प्रयत्न गर्नुहोला । खानेकुरामा सकेसम्म फरक-फरक कुरालाई समाबेश गर्ने प्रयत्न गर्नुहोला जस्तै अन्नमा सधै चामल मात्र भन्दा कोदो फापर गहुँ जौ र दालमा समेत मुगी चना मुसुरो आदि ।
खानपानका साथै व्यायाम, ध्यान, आराम, सकारात्मक सोच र प्राकृतिक जीवनशैली का साथमा तनाबको व्यवस्थापन गर्नसकेमा शरीरको रोगसँग लड्ने क्षमता वृद्धि हुन्छ ।
जसले गर्दा हालको महामारी कोरोना भाइरस लगायत अन्य संक्रमणबाट समेत बच्न सकिन्छ ।
prabhu mahalaxmi
kumari bank
kumari