citizens life insurance long ad
macchha(MBL)
stcnepal long ad
Himalayan bank
global bank

एनसेलको डेटा र एसएमएस सेवा अब लोनमा पाइने

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल चैत्र २९, २०७६ शनिबार

काठमाडौं ।  एनसेलका प्रिपेड ग्राहकले अब आफुसँग मेन ब्यालेन्स नभए पनि डेटा र एसएमएस सेवाको फाइदा लिन सक्नेछन् । नयाँवर्ष २०७७ को अवसरमा एनसेल प्राइभेट लिमिटेडले आफना ग्राहकलार्ई सम्पर्कमा रहि रहन थप मद्दत पुर्याउँदै आज शनिबार (चैत्र २९) बाट नयाँ योजना ल्याएको छ जस अन्तर्गत ग्राहकले अब डेटा र एसएमएस सेवा सहितको प्याक वा एसएमएस प्याक पछि शुल्क तिर्ने गरी खरिद गर्न सक्छन् ।

पहिला सेवाप्रयोग गरी शुल्क पछि तिर्न मिल्ने
 डेटा र एसएमएस प्याकमात्र रु २० मा
 २५० एसएमएस प्याकमात्र रु १० मा
 अतिरिक्त सेवाशुल्कनलाग्ने

विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोनाभाइरसले विश्व नै त्रसित भईरहेको विपद्को परिस्थिती र लकडाउनले गर्दा ग्राहकहरुले सहज रुपमाआफ्ना परिवारका सदस्यहरु र साथीभाइहरुसँग सम्पर्कमा रहन तथा  नववर्षको शुभकामना आदान–प्रदान गर्न आफ्नो व्यालेन्स रिचार्जमा कठिनाई भोगिरहेका हुन सक्छन् । त्यसैले एनसेलले सजिलै डेटा र एसएमएस सेवामा पहुँच सुनिश्चित गर्न यो नयाँ योजना ‘न्यु इयर अफर’ल्याएको हो ।

डेटा र एसएमएस सेवा प्याकका रुपमालिई तोकिएको शुल्क पछि तिर्न मिल्ने यो पहिलो यस किसिमको अफर हो । यस अफर अन्तर्गत एनसेलका ग्राहकले २५० एमबी डेटा र २५० एसएमएस प्याक कर सहित मात्र रु २० मा सुचारु गर्न सक्छन् । ग्राहकले आफुसँग शुन्य ब्यालेन्स रहेको अवस्थामा पनि यो प्याक लोनमा सुचारु गरी डेटा र एसएमएस सेवाको फाइदा लिन सक्छन् । यो प्याकअन्तर्गत पाइने डेटा र एसएमएस भोलुम सुचारु भएको दिन देखि ५ दिनको लागि मान्य रहन्छ ।

आफ्नो आवश्यकता अनुसार ग्राकहले एसएमएस सेवा मात्र पनि प्याक रुपमा लिन सक्छन् । ग्राहकले लोनमा नै २५० वटा एसएमएस रहेको प्याक कर सहित मात्र रु १० सुचारु गर्न सक्छन् । सुचारु गरिएको एसएमएस प्याक ५ दिनको लागि मान्य रहनेछ ।

ग्राहकले एस्ट्रिक्स ९९८८ एस्ट्रिक्स ७७ ह्यास डायल गरी आफ्नो आवश्यकता अनुसार डेटा र एसएमएस बन्डल प्याक वा एसएमएस प्याक लोनमा सुचारु गर्न सक्छन् ।

विगत दुई महिना देखि एनसेलको सिमप्रयोग गरिरहेका र मेन ब्यालेन्स रु ५ भन्दा कम भएका एनसेलका प्रिपेड ग्राहकले मात्र यीे प्याकहरु सुचारु गर्न सक्छन् । ग्राहकले आफ्नो मेन ब्यालेन्स रिचार्ज गरे पछि प्याकको तोकिएको शुल्कश्वत काटिने छ । यस बाहेकअन्य शुल्क लाग्ने छैन ।

ग्राहकले आफ्नो आवश्यकता अनुसार कुनै पनि समयमा जति पटक पनि यो सेवा लिन सक्छन् । यद्यपि सेवा सुचारु गर्नुभन्दा पहिला पुरानो लोनको रकम चुक्ता गरेको हुनु पर्दछ ।

कोरोनाभाइरस रोगका कारण सामाजिक दुरी कायम गर्दै सबै आ–आफ्नो घरमा बसिरहेको अवस्थामा, यस अफरले ग्राहकलाई आफ्ना परिवारका सदस्यहरु र साथीभाइसँग सम्पर्कमा रहि रहन थप मद्दत गर्ने विश्वास एनसेलले लिएको छ ।

 

gold
kumari bank