stcnepal long ad
himalayan Everest Insurance long ad

नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकले एकआपसमा गाभ्न गाभिनका लागि प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गर्दै

macchha(MBL)
citizens bank
Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं। नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड तथा मेगा बैंक नेपाल लिमिटेडबीच एकआपसमा गाभ्न, गाभिनको लागि प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

नेपालको वित्तिय क्षेत्रलाई सबल तथा सक्षम बनाउने उद्देश्यका साथ नेपाल राष्ट्र बैंकले अंगिकार गरेको बैंक तथा वित्तीय संस्थाहरुको मर्जर÷एक्वीजिसन नीतिको अनुसरण गर्दै नेपाल इन्भेष्टमेण्ट बैंक र मेगा बैंक नेपालबीच एकआपसमा गाभ्न गाभिनको लागि प्रारम्भिक समझदारी पत्रमा शुक्रवार नेपाल इन्भेष्टमेण्ट बैंकको तर्फबाट अध्यक्ष पृथ्वी बहादुर पाँडे तथा मेगा बैंक नेपालको तर्फबाट अध्यक्ष भोज बहादुर शाहले हस्ताक्षर गरे ।

 

नेपाल इन्भेष्टमेण्ट बैंक तथा मेगा बैंक दुबै वाणिज्य बैंकको क्षेत्रमा अग्रणी बैंककारुपमा सबल एवम् सक्षम संस्थाको रुपमा सुपरिचित रहेका छन् भन्दै यी बैंकहरु एकआपसमा गाभिए पछि वित्तीय क्षेत्रमा थप उर्जा प्रदान गरी देश कै सबैभन्दा ठूलो वाणिज्य बैंक बन्नुका साथै राष्ट्र बैंकको नीतिलाई समेत थप उत्साह प्रदान गरी अन्य बैंकहरुलाई समेत मर्जरको लागि प्रेरित गर्ने उक्त अवसरमा जारी संय’क्त प्रेस विज्ञप्तिमा उल्लेख छ ।

मर्जर पछि बैंकको नाम “नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड” हुने र सञ्चालक समितिको अध्यक्षको रुपमा पृथ्वी बहादुर पाँडे तथा प्रमुख कार्यकारी अधिकृतको रुपमा ज्योती प्रकाश पाण्डे रहने सहमति भएको पनि प्रेस विज्ञप्तिमा जनाइएको छ । त्यसैगरी मर्जर पछि बन्ने बैंकको नयाँ सञ्चालक समितिमा दुबै बैंकको सञ्चालकहरुको प्रतिनिधित्व रहने पनि जनाइएको छ ।

हाल नेपाल इन्भेष्टमेण्ट बैंकको चुक्ता पू‘जी १८.३१ अर्ब तथा मेगा बैंकको चुक्ता पू‘जी १६.१२ अर्ब रहेकोमा दुबै बैंक एक भएपछि बैंकको चुक्ता पू‘जी ३४.४३ अर्ब भै सबैभन्दा बढी चुक्ता पू‘जी भएको बैंक बन्नेछ ।

त्यसैगरी हाल नेपाल इन्भेष्टमेण्ट बैंकको जगेडा तथा कोष १४.८२ अर्ब र मेगा बैंकको ५.९२ अर्ब, कर्जा लगानी तर्फ हाल नेपाल इन्भेष्टमेण्ट बैंकको १७३.४६ अर्ब र मेगा बैंकको १५०.४६ अर्ब र निक्षेप तर्फ नेपाल इन्भेष्टमेण्ट बैंकको १८२.०१ अर्ब र मेगा बैंकको १५२.०८ अर्ब रहेको हुँदा मर्जरपछि हरेक क्षेत्रमा सबैभन्दा सबल र ठूलो बैंक हुने प्रेस विज्ञप्तिमा जनाइएको छ ।

दुबै बैंकहरु एक आपसमा गाभिए पश्चात् संस्थाको पूँजी वृद्धि, कार्य क्षेत्र तथा कार्य क्षमतामा अभिवृद्धि हुनुका साथै मुलुकको एक सबल एवम् सक्षम बैंकको रुपमा वित्तीय बजारमा स्थापित भई ग्राहकलाई थप उत्कृष्ट सेवा तथा सुविधा प्रदान गर्न तथा लगानीकर्ताहरुलाई राम्रो प्रतिफल दिन सक्षम हुने विश्वास र प्रतिवद्धताका साथ यो मर्जर कार्यमा लागेको दुबै बंैकका अध्यक्षले जानकारी गराए ।

यो रुपान्तरणकारी प्रयासमा हौसला दिने तथा साथ एवं सहयोग पु¥याउने सरकार, राष्ट्र बैंकलगायत सम्बन्धित सम्पूर्ण क्षेत्र तथा शुभेच्छुकहरु प्रति हार्दिक आभार पनि प्रेस विज्ञप्तिमा व्यक्त गरिएको छ ।

२७ जेठ २०७९, शुक्रवार २०:२२ बजे प्रकाशित

NTA long ad