stcnepal long ad
ime life insurance
national life
global ime bank long

मञ्जुश्री फाइनान्सको ‘मञ्जुश्री भर्चुअल क्रेडिट कार्ड’ सार्वजनिक

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । ग्राहकलाई सधैं नवीनतम बैंकिङ सेवा दिन अग्रसर मञ्जुश्री फाइनान्स लिमिटेडले ‘मञ्जुश्री भर्चुअल क्रेडिट कार्ड’ सार्वजनिक गरेको छ ।

ग्राहकले मञ्जुश्री स्मार्ट मोबाइल बैंकिङ एपमार्फत् सजिलै कारोबार गर्नसक्ने मञ्जुश्री भर्चुअल क्रेडिट कार्डबाट ग्राहकले फोनपेको कुनै पनि मर्चेन्ट क्युआरमा सजिलै भुक्तानी गर्न सक्नेछन् ।

आफ्नो मोबाइलमै हुने, आफूले चलाएको रकमको विवरण तुरुन्तै हेर्न मिल्ने तथा न्यूनतम १५ दिनदेखि अधिकतम ४५ दिनसम्म बिनाब्याज क्रेडिट कार्ड सीमासम्मको सुविधा उपयोेग गर्न मिल्ने व्यवस्था मञ्जुश्री भर्चुुअल क्रेडिट कार्डमा रहेको छ ।

आफ्नो क्रेडिट कार्ड लिमिटसम्मको रकम सहजै चलाउन मिल्ने तथा क्युआर स्क्यान गरी सजिलै भुक्तानी गर्न मिल्नेलगायतका सुविधा रहेको मञ्जुश्री भर्चुअल क्रेडिट कार्डले ग्राहकलाई थप वित्तीय सेवा दिने विश्वास कम्पनीले लिएको छ ।

हालसम्म करिब २४ अर्ब निक्षेप संकलन तथा २०।५ अर्ब कर्जा प्रवाह गरेको कम्पनीले २७ शाखाका साथै एउटा विस्तारित काउण्टरबाट एक लाख ८० हजारभन्दा अधिक सन्तुष्ट ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ । कम्पनीले मञ्जुश्री भर्चुअल क्रेडिट कार्डलाई नवीन सुविधाका रूपमा सुचारु गरिएको जनाएको छ ।

IME Lifesidebar
kumari