citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

टिचिङ हस्पिटलको प्राङ्गणमै रहेको फार्मेसीबाट म्याद सकिएका औषधी बिक्री !

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको स्वास्थ्य विभागले ‘पानोर्मा फार्मेसी’लाई कारवाही गर्न औषधि व्यवस्था विभागलाई लेखेर पठाएको छ ।

यो फार्मेसी महानगरपालिकाको वडा नं ३, महाराजगञ्जमा रहेको टिचिङ् हस्पिटल ९शिक्षण अस्पताल० को प्राङ्गणमा छ ।

उपभोक्ताको गुनासो आएपछि महानगरपालिकाको अनुगमन टोलीले फार्मेसीको अनुगमन गर्दा सञ्चालकले म्याद गुज्रेको औषधी विक्री गरेको स्वीकार गरेका थिए । पसलमा म्याद सकिएका औषधी पनि थिए ।

विभिन्न भ्याक्सिन र इन्सुलिन भण्डारण गरेर राख्ने डीफ्रिजको तापक्रम १३ डिग्री सेन्टिग्रेट थियो । यसलाई २ देखि ८ डिग्री सेन्टिग्रेडका बिचमा कामय राख्नुपर्छ ।

यसरी राखिएका भ्याक्सिन र इन्सुलिन प्रयोग गर्ने उपभोक्तालाई नकारात्मक असर पर्न सक्ने भएपछि अनुगमनका दिनमा फार्मेसी बन्द गरिएको थियो ।

यो औषधी ऐन २०३५ तथा औषधी विक्री वितरण आचारसंहिता २०८० को दफा ३ को व्यवस्था विपरीतको अवस्था हो । विभागका निमित्त प्रमुख सजिना महर्जनका अनुसार कारवाहीका लागि लेखेर पठाइएको यो पहिलो हो ।

औषधिमा मिसावट गर्न, म्याद नाघेका औषधी बेच्न, अरु सामानलाई औषधी भनेर बेच्न पाइँदैन । यसो गरेर ज्यानलाई खतरा पुग्ने सम्भावना भएमा जन्मकैद वा १० बर्षसम्म वा जरिवाना हुनेछ ।

यस्तै सरीरको कुनै अङ्गको शक्ति क्षीण वा हरण हुन सक्ने भएमा १० वर्षसम्म कैद र जरिवाना तथा अन्य अवस्थामा ५ वर्ष कैद वा दुवै जरिवाना हुन सक्ने कानुनी व्यवस्था छ ।

जरिवाना गर्दा बिगो वा १ लाख रुपियाँमध्ये जन धेरै हुन्छ, त्यही जरिवाना हुनेछ । यसबाहेक ऐनमा लेखिएका अन्य व्यवस्थाको पालना नगर्नेलाई एक बर्षसम्म कैद वा ५ हजार रुपैयाँसम्म जरिवाना हुनेछ ।

himalayan life insurance
igi long