citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
global bank
nabil bank

भेगन डाइटले महिलालाई हुन सक्छन् यस्ता नोक्सान

kumari bank
Prabhu Insurance Long Ad
global bank

भेगन भनेको शाकाहारी नै हो तर यसमा जनावरबाट आएको दुध तथा दुधजन्य खाद्य पदार्थको पनि सेवन गरिदैंन । यस्तो खालका शाकाहारी महिलाहरुले खानपानमा धेरै नै ख्याल गर्नुपर्ने हुन्छ । गरिएन भने यसले विभिन्न समस्या ल्याउने तथा शरीरलाई नोक्सान पनि गर्न सक्छ ।

यो डाइटमा महिलाहरुले रुखविरुवासँग सम्बन्धित प्रोटिन र अन्य पोषक तत्वहरुयुक्त डाइटहरु अपनाउँछन् । यस्तोमा प्रोटिन सही मात्रामा लिने कोसिस गर्नुपर्छ । यस्तो शाकाहारी खानपान अपनाइरहेका बेला कतिपय अवस्थामा अत्यधिक प्रोटिनको सेवन हुँदा पनि महिलाहरुको तौल घट्नुको सट्टा बढ्न थाल्छ ।

लगातार प्रोटिनको सेवन गर्दा र क्याल्सियमको कमी हुँदा शरीरमा विमारीहरुको खतरा बढ्छ र स्वास्थ्यमा पनि नोक्सान हुने गर्छ । कतिपय अवस्थामा भेगन डाइटमा पोषक तत्वहरुको कमी हुने भएकाले  यसलाई अपनाइरहेका महिलाहरुले पटक पटक पाचन सम्बन्धी समस्या झेलिरहेका हुन्छन् ।

भेगन डाइट अपनाउँदा शरीरमा क्याल्सियम, भिटामिन डी, बी १२ ओमेगा २ फ्याटी एसिड, आइरन र जिंक जस्ता मिनरल्स र भिटामिन्सको पनि कमी हुन सक्छ । जसले गर्दा स्वास्थ्यमा नोक्सान पुर्‍याउँछ । भेगन डाइट अपनाउँदा शरीरमा हुने पोषक तत्वको कमीले कैयौंपटक महिलाहरुलाई थकान र कमजोरी जस्ता समस्या पनि हुन थाल्छन् ।

gold
himalayan life insurance long ad