stcnepal long ad
global ime bank long

टोखामा सिसी क्यामेरा जडान गरिँदै

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । काठमाडौँको टोखा नगरपालिकाले रु चार करोड लागतमा सिसी क्यामेरा जडान गर्ने भएको छ । टोखाले नगर क्षेत्रभित्रको शान्ति सुरक्षा, ट्राफिक व्यवस्थापन तथा सुशासनलाई थप प्रभावकारी बनाउन अत्याधुनिक प्रविधिको सिसी क्यामेरा जडान गर्न लागेको हो ।

सिसी क्यामेरा जडान गर्न नगरपालिका र काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीबीच बिहीबार समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

समझदारीपत्रमा टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी र काठमाडौँ उपत्यका प्रहरी कार्यालयका   प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) सुशीलसिंह राठौरले हस्ताक्षर गर्नुभयो ।

सम्झौताअनुसार चालु आवको अन्त्यसम्म नगरपालिकाभित्र पहिचान गरिएका मुख्यमुख्य चोक तथा संवेदनशील स्थानमा प्रहरीले निर्धारण गरेको मापदण्डअनुसार सिसीटिभी जडान गरिनेछ । नगरपालिकाले सिसी क्यामेरा जडानका लागि जनता सुरक्षा कार्यक्रमअन्तर्गत रु चार करोड उपलब्ध गराउनेछ ।

सिसीटिभी प्रणाली खरिद तथा जडानसम्बन्धी प्रक्रिया भने प्रचलित सार्वजनिक खरिद कानुन बमोजिम काठमाडौँ उपत्यका प्रहरी कार्यालयले गर्नेछ ।

सिसी क्यामेरा जडानसँगै टोखाभित्रको सुरक्षा निगरानीलाई थप प्रभावकारी बनाउनुका साथै अपराध नियन्त्रण तथा अनुसन्धानमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

सम्झौताअनुसार प्रणालीको सञ्चालन, व्यवस्थापन तथा अनुगमनका लागि नगरपालिका र प्रहरी कार्यालयका प्रतिनिधिसहितको संयुक्त समिति रहनेछ ।

समितिले प्रणालीबाट प्राप्त उपलब्धि तथा नगरको सुरक्षा र सुशासनमा परेको प्रभावको मूल्याङ्कन गर्दै आगामी दिनमा यसको निरन्तरता, विस्तार र क्षमता अभिवृद्धिका लागि आवश्यक सिफारिस गर्नेछ ।

टोखा नगरपालिकामा यसअघि जडान भई सञ्चालनमा रहेका सिसीटिभी प्रणालीलाई समेत नयाँ प्रणालीसँग आबद्ध गर्दै एकीकृत सुरक्षा निगरानीलाई थप प्रभावकारी बनाइने नगरपालिकाले जनाएको छ ।

IME Lifesidebar
kumari