macchha(MBL)
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

विद्यालयलाई पहिलो प्राथमिकतामा राखेर विपद्सँग जुध्ने संरचनाको निर्माण गरौँ :उपप्रमुख डंगोल

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले विद्यालयलाई पहिलो प्राथमिकतामा राखेर विपद्सँग जुध्ने संरचनाको निर्माण गर्नुपर्ने बताएकी छिन् ।

मंगलबार महानगरपालिकाले भूकम्प दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् । उनले धेरै मानिसहरुको संख्या विद्यालयमा हुने भएकाले विद्यालय पुनःनिर्माणको काम थाल्नुपर्ने जरुरी भइसकेको बताइन् ।

विद्यालयको पुनःनिर्माणका लागि स्थानीय सरकारको श्रोत, साधनले मात्रै नपुग्ने भएकाले प्रदेश र केन्द्र सरकारले आवश्यक चासो दिनुपर्ने बताइन् । भूकम्प लगायतका विपद्मा स्थानीय प्रविधि प्रयोग गर्नुपर्नेमा जोड दिइन् । आगामी दिनमा विपद्बाट जोगिनका लागि संघ, प्रदेश र स्थानीय सरकार मिलेर अघि बढ्नुपर्ने बताइन् ।

‘भूकम्पबाट हाम्रो देश धेरै नै जोखिममा छ । पूर्वतयारीलाई काठमाडौं महानगरले प्राथमिकतामा राखेको छ । त्यसको अध्ययन अनुसन्धान गर्नुपर्छ ।

विद्यालयको पुनःनिर्माण गर्ने काम थाल्नुपर्ने जरुरी छ, त्यसको लागि स्थानीय सरकारको श्रोतले मात्रै नपुग्न सक्छ । सबैले मिलेर काम गर्न आवश्यक छ । विद्यालयलाई पहिलो प्राथमिकतामा राखेर विपद्बाट जुध्न थेग्ने संरचना निर्माण गरौँ’, उनले भनिन् ।

उपप्रमुख डंगोलले नेपाल भूकम्पको जोखिममा विश्वमा ११ औं नम्बरमा पर्ने भएकाले कुनैपनि बेला भूकम्प आउनसक्ने अवस्थालाई मध्यनजर गरी विपद् पूर्वतयारी गर्नुपर्ने बताइन् । पूर्वतयारीलाई काठमाडौं महानगरले प्राथमिकतामा राखेको जानकारी दिइन् ।

himalayan life insurance
igi long
NTA long ad