citizens life insurance long ad
macchha(MBL)
Himalayan bank
global bank
nabil bank

काठमाडौंमा सुर्तीजन्य पदार्थ बेचेको पाइए पसल बन्द गर्ने महानगरको चेतावनी

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । महानगरपालिकाले बिहीबारदेखि काठमाडौंमा सुर्तीजन्य पदार्थ बेचबिखनमा प्रतिवन्ध लगाएको छ।

काठमाडौं महानगरपालिकाले बुधबार पत्रकार सम्मेलन गर्दै मंसिर २८ गतेदेखि काठमाडौंभित्र सुर्तीजन्य पदार्थ कच्चा सुर्ती, खैनि, गुट्टका, सुर्तिहरु प्रतिबन्ध गरिएको जानकारी दिएको हो।

पत्रकार सम्मेलनमा बोल्दै काठमाडौं महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले मंसिर २८ गतेदेखि काठमाडौंभित्र सुर्तीजन्य पदार्थ प्रतिबन्ध गरिएको बताए।

उनले मंसिर २८ गतेपछि काठमाडौंमा सुर्तीजन्य पदार्थ बेच्न नपाइने र बेचेको थाहा पाए पसल समेत बन्द गर्ने बताए। उनले पसलमा बेचेको पाइए दुई पटक सम्मलाई सामान जफत गरिने तर तेस्रो पटक पनि बेचेको पाए पसल नै बन्द गर्ने चेतावनी दिए।

उनले अनुगमनको लागि महानगरपालिकाले सादा पोशाकमा १० जनाको टोलीमा नगर प्रहरीलाई खटाउने बताए। उनले पहिलो चरणमा अनुगमनको लागि ५० जना नगरप्रहरी परिचालन गरिने बताए।

उनले महानगरपालिकाले सार्वजनिक स्थलको एक सय मिटर वरिपरि चुरोट बेच्न र धुम्रपान गर्न पनि प्रतिवन्ध लगाएको बताए। उनले सार्वजनिक स्‍थलमा धुम्रपान गरेको पाइए एक सय रुपैयाँसम्म जरिवाना गरिने बताए।

जनस्वास्थ्यमा परेको प्रतिकुल प्रभाव रोक्न,शहरी सौन्दर्यता कायम राख्न र भूमी तथा वातावरणीय असर न्युनिकरण गर्न सुर्तीजन्य पदार्थ बेचबिखनमा प्रतिवन्ध लगाएको बताए।

gold
himalayan life insurance long ad