macchha(MBL)
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

रियलमीको इयरबड्सहरु रियलमी बड टि ३०० र टि १०० बजारमा

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौँ । शङ्कर ग्रुपको सहायक कम्पनीतथा रियलमी मोबाइलको आधिकारिक वितरक जगदम्बा मोबाइलप्रा.लिले दुई उत्कृष्ट इयरबडहरू बजारमा ल्याएको छ । आकर्षक मुल्य र उत्तिकै आकर्षक डिजाइनमा आएका यी दुई इयरबड्सहरुमा उत्कृष्ट गुणस्तरको साउन्ड एक्स्पिरियन्स गर्न सकिने कम्पनीको दाबी छ ।

रियलमी नेपालका कन्ट्री हेड मुनिष गिरीले भन्नुभयो, “रियलमी बड्स टि ३०० र रियलमी बड्स टि १०० अन्य इयरबडहरु भन्दा भिन्न छन् । हाम्रा ग्राहकहरुले धेरै खर्च नगरी नै उत्कृष्ट अडियोको अनुभव पाउन भन्नको लागि हामीले यी इयरबडहरु बजारमा ल्याएका हौँ ।”

म्युजिकलपावर हाउस रियलमी बड टि ३००
संगीतका पारखीहरूका लागि रियलमी बड टि ३०० एकदमै उपयुक्त छ । १२.४४ एमएमको डायनामिक ब्यास ड्राइभर सहित आउने यस टि ३०० ले गहिरो ब्यास साउन्ड प्रदान गर्दछ । ३० डिबीको ए.एन.सी(एक्टिभ नोइज क्यान्सिलेसन) सहितको यस बडमा तपाइँले आफूलाइमनपर्ने गीतहरु आरामसँग सुन्न सक्नुहुन्छ ।

रियलमीको यो टि ३०० इयरबड ४६० एम.ए.एचको ब्याट्री र चार्जिङ केसका साथ आउँदछ। ४० घण्टाको ब्याट्री लाइफभएको यस बडमा एकदिन भन्दा बढी आनन्दले गीत सुन्न सकिने कम्पनीले जनाएको छ ।

रियलमीटि ३०० ५० एम.एसको अल्ट्रा–लो ल्याटेन्सीका साथउपलब्ध छ जसले गेमिङ र भिडियो हेर्दा सिमलेस कनेक्टिविटी प्रदान गर्दछ । ३६०–डिग्री स्पेसल अडियो इफेक्टले थ्रि–डी साउन्डको अनुभव दिन्छ ।

४–माइक्रोफोन कल नोइज क्यान्सलेसन भएकोले गर्दा फोन कलमा कुरा गर्दा रियलमी बड टि ३०० मा जस्तो सुकै हल्लाखल्लाभएपनि प्रस्टसँग आवाज सुन्न सकिन्छ ।

रियलमीटि ३०० माआइपी ५५ लेभलको वाटर र डस्ट रेसिस्टेन्स आउने भएकोले यो इयरबड टिकाउ पनि छ । रियलमीटि ३०० ले १० मिटरसम्मको वायरलेस रेन्ज पनि प्रदान गर्दछ ।

ब्लुटुथ ५.३ टेक्नोलोजीको साथआउने यो रियलमी टि ३०० ले सिमलेस कनेक्टिभिटी र उत्कृष्ट अडियो अनुभव प्रदान गर्दछ । स्टाइलिश कालो रंगमा उपलब्ध यस रियलमी बड टि ३०० को मूल्य रु. ५४९९ रहेको छ ।

कम्प्याक्ट र डायनामिक रियलमी बड टि १००
कम्प्याक्ट डिजाइनमा आएको यो रियलमी बड टि १०० ले क्लियर र डायनामिक साउन्ड अनुभव प्रदान गर्दछ । १० एमएमब्यास ड्राइभरको साथमाआउने यस रियलमी टि १०० ले १० मिटरसम्म राम्रो रेन्ज दिन्छ ।

यसको ब्याट्री लाइफ २८ घण्टाको रहेको छ जसले गर्दा दिनभर आनन्दले गीत सुन्न सकिन्छ । ब्लुटुथ ५.३ कनेक्टिभिटी भएको यस रियलमी बड टि १०० मा ए.आइ नोइज क्यान्सिलेसन फिचर पनि रहेको छ ।

गेमिङमा रुची भएका ग्राहकहरुका लागि रियलमी टि १०० मा ८८ एमएसको अल्ट्रा–लो ल्याटेन्सी प्रदानगरिएको छ जसले गेम खेल्दा ल्याग हुन दिन्न । रियलमीलिङ्क एप प्रयोग गरेर सजिलैसँग आफ्नो मोबाइलबाट नै अडियो सेटिङहरू परिवर्तन गर्न सकिने छ ।

रियलमी टि १०० आइपीएक्स वाटर रेसिस्टेन्स सहित आउँछ जसले पानी र पसिनाबाट सुरक्षा प्रदान गर्दछ । स्टाइलिश कालो रंगमा उपलब्ध यस रियलमी बड टि १०० को मूल्य रु.३९९९ रहेको छ ।

himalayan life insurance
igi long
NTA long ad