macchha(MBL)
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

भरतपुर भ्रमण वर्ष २०२४ लाई लक्षित गर्दै भरतपुर महानगरलाई चीनले  एआई प्रविधि जडित उच्चस्तरीय क्यामरा हस्तान्तरण

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौँ । भरतपुर भ्रमण वर्ष २०२४ लाई लक्षित गर्दै चीनको सिआन सिटीले आई प्रविधि जडित तस्बिर र दृश्य कैद गर्ने उच्चस्तरीय क्यामरा (साइडबोट) उपलब्ध गराएको छ ।

सियान सिटीका प्रतिनिधिले बिहीबार महानगरपालिकाकी मेयर रेनु दाहाललाई उक्त क्यामरा हस्तान्तरण गरेका हुन् ।

पर्यटकीय पूर्वाधार मानिने उक्त क्यामराले १० किलोमिटर टाढाका दृश्यलाई सजिलै कैद गर्न सक्ने महानगरपालिकाले जनाएको छ । महानगरका अनुसार एआई उपकरणको सहयोगले कुनै पनि दृश्यको बारेमा सजिलै जानकारी दिन सकिन्छ । यसले आँखाले नदेख्ने दृश्यलाई पनि सजिलै कैद गर्न सक्छ ।

चेम्बर अफ कर्मशका सेक्रेटरी डा। उ जिन र कग्निसर कम्पनीले भरतपुरको उपकरण राख्न सकिने पर्यटकीय स्थानमा सर्वे गर्नेछ । बाँकी स्थानमा आवश्यक उपकरण ल्याउने जनाइएको छ । भ्रमण वर्षमा आउने पर्यटकले यो उपकरणको प्रयोगबाट लाभ लिन सक्नेछन् ।

कम्पनीका अनुसार भरतपुरको पर्यटकीय गतिविधि यो उपकरणको सहयोगबाट विश्वभर प्रचार–प्रसार गर्न सकिनेछ । भरतपुरमा प्रमुख ७ पर्यटकीय गन्तव्यसहित ३ दर्जन पर्यटकीय स्थान छन् ।

himalayan life insurance
igi long
NTA long ad