macchha(MBL)
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

नेपाल राष्ट्र बैंकमा ०.४९ प्रतिशत ब्याजदरमै निक्षेप राख्दै, शुक्रबार २५ अर्ब तरलता खिच्ने

बैंकिङ प्रणालीमा अधिक तरलता भए पनि बैंकहरु ०.४९ प्रतिशत ब्याजदरमा नै राष्ट्र बैंकमा निक्षेप राख्न तयार भएका छन् ।

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

०.४९ प्रतिशत ब्याजदरमै नेपाल राष्ट्र बैंकमा निक्षेप राख्दै बैंक, शुक्रबार २५ अर्ब तरलता खिच्ने
काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता भए पनि बैंकहरु ०.४९ प्रतिशत ब्याजदरमा नै राष्ट्र बैंकमा निक्षेप राख्न तयार भएका छन् ।

बुधबार र बिहीबार लगातार दुई दिन निक्षेप संकलन उपकरण मार्फत ३५ अर्ब रुपैयाँ तरलता खिचिसकेको केन्द्रीय बैंकले शुक्रबार पनि थप २५ अर्ब तरलता खिच्ने भएको छ ।

बिहीबार राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अधिक तरलता खिच्न २५ अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण बोलकबोल गरेको थियो । जसमा बैंकहरुले ०.४९ प्रतिशत ब्याजदरमै निक्षेप राख्न प्रस्ताव पेश गरेका छन् ।

२५ अर्बको निक्षेप संकलन उपकरणमा बैंकहरुले ६४ वटा प्रस्ताव पेश गर्दै ४६ अर्ब ७० करोडको लागि आवेदन दिएका हुन् ।

जसमा न्यूनतम ०.४९ प्रतिशत ब्याजदर र अधिकतम १ प्रतिशत ब्याजदरको प्रस्ताव गर्दा ०.८३४९ प्रतिशत औसत ब्याजदर कायम भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

बुधबार १० अर्बको निक्षेप संकलन उपकरण बोलकबोल गर्दा औसत ब्याजदर ०.७०४८ प्रतिशत कायम भएको थियो ।

जसमा बैंकहरुले अधिकतम ब्याजदर ०.८४९९ प्रतिशत र न्यूनतम ब्याजदर ०.५८९७ प्रतिशत प्रस्ताव गरेका थिए ।

बुधबारको भन्दा बिहीबार औसत ब्याजदर केही बढे पनि न्यूनतम ब्याजदर भने घटेको छ । १० अर्बको निक्षेप संकलन उपकरण बोलकबोल हुँदा ३७ वटा आवेदनमा ३६ अर्ब ९५ करोडको प्रस्ताव परेको थियो ।

मंसिर लागेपछि मात्रै राष्ट्र बैंकले ८० अर्ब तरलता बैंकिङ प्रणालीबाट खिचेको छ । अहिले पनि बैंकिङ प्रणालीबाट खिचेको ४५ अर्ब तरलता राष्ट्र बैंकसँग रहेको छ ।

२१ मंसिर आज पनि १० अर्बको निक्षेप संकलन उपकरणमा म्याद सकिएपछि १४ दिनको लागि २५ अर्ब तरलता खिचेको हो ।

१७ मंसिरमा खिचेको १० अर्ब तरलताको अवधिक २४ मंसिरमा सकिंदैछ । त्यसअघि २२ मंसिरमा केन्द्रीय बैंकले थप २५ अर्ब तरलता निक्षेप संकलन उपकरण बोलकबोल मार्फत खिच्न लागेको हो । शुक्रबार १४ दिनका उक्त तरलता खिच्न लागेको हो ।

himalayan life insurance
igi long
NTA long ad