सुन ५०० ले सस्तियो, चाँदीको भाउ स्थिर
काठमाडौं । नेपाली बजारमा पुस १४ गते बुधबार सुनको भाउ ओरालो लागेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ५०० रुपैयाँले घटेको छ। योसँगै प्रतितोला छापाबाल सुन ९२ हजार ५०० रुपैयाँ र तेजाबी सुन ९२ हजार रुपैयाँमा झरेको छ।
हिजो मंगलबार सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला छापावाल सुन ९३ हजार रुपैयाँ र तेजाबी सुन ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ स्थिर रहँदै तोलाको १ हजार २६० रुपैयाँ नै कायम भएको छ। हिजो तोलामा १० रुपैयाँ बढेर चाँदी १ हजार २६० रुपैयाँमा किनबेच भएको थियो।























