नबिल म्युचुअल फन्ड अन्तर्गत सञ्चालित ३ योजनाको वित्तीय अवस्था
नबिल म्युचुअल फन्ड अन्तर्गत सञ्चालित ३ योजनाको वित्तीय अवस्था
काठमाडौं । नबिल म्युचुअल फन्डअन्तर्गत सञ्चलित ३ वटा योजनाका मंसिर महिनाको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक भएको छ।
योजना व्यवस्था नबिल इन्भेस्टमेन्ट बैंकिङ र कोष प्रवर्द्धक नबिल बैंक लि. रहेका नबिल इक्विटी फन्ड, नबिल ब्यालेन्सड् फन्ड–२ र नबिल ब्यालेन्सड् फन्ड–३ को वित्तीय विवरण सार्वजनिक भएको छ । वित्तीय विवरण अनुसार तीनवटै योजनाको प्रतिइकाइ खुद मूल्य (न्याभ) कात्तिकको तुलनामा घटेको छ।
नबिल इक्विटी फन्डको न्याभ घटेर मंसिर ११.९३ रुपैयाँ कायम भएको छ। कात्तिकमा न्याभ १३.४८ रुपैयाँ रहेको थियो। यो योजनाले मंसिरमा २५ करोड ५६ लाख रुपैयाँ घाटा व्यहोरेको छ।
गत कात्तिकमा ६ करोड २१ लाख रुपैयाँ घाटा व्यहोरेको थियो। यो योजनाले सेयरमा १ अर्ब १० करोड रुपैयाँ बढी र ऋणपत्रमा ११ करोड १६ लाख रुपैयाँ बढी लगानी गरेको छ। कुल लगानी १ अर्ब ३४ करोड रुपैयाँ रहेको छ।
नबिल ब्यालेन्सड् फन्ड २ को न्याभ पनि घटेर मंसिर १२।१२ रुपैयाँ कायम भएको छ। कात्तिकमा न्याभ १३।८६ रुपैयाँ रहेको थियो।
यो योजनाले मंसिरमा २१ करोड ५८ लाख रुपैयाँ घाटा व्यहोरेको छ। गत कात्तिकमा २ करोड १३ लाख रुपैयाँ घाटा व्यहोरेको थियो। यो योजनाले सेयरमा १ अर्ब ४ करोड रुपैयाँ बढी र ऋणपत्रमा २० करोड ६२ लाख रुपैयाँ बढी लगानी गरेको छ। कुल लगानी १ अर्ब २५ करोड रुपैयाँ रहेको छ।
त्यस्तै नबिल ब्यालेन्सड् फन्ड ३ को न्याभ पनि घटेर मंसिर ९।२३ रुपैयाँ कायम भएको छ। कात्तिकमा न्याभ १०।०४ रुपैयाँ रहेको थियो।
यो योजनाले मंसिरमा ९ करोड ६५ लाख रुपैयाँ घाटा व्यहोरेको छ। गत कात्तिकमा ४७ लाख ७५ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो। यो योजनाले सेयरमा ५९ करोड ५ रुपैयाँ बढी र ऋणपत्रमा २ करोड ५७ लाख रुपैयाँ बढी लगानी गरेको छ। कुल लगानी ८० करोड १८ लाख रुपैयाँ रहेको जनाइएको छ।






















