stcnepal long ad
global ime bank long

नेपाल आयल निगमको कारोबार दैनिक ६४ करोडले घट्यो

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल २०७७ जेठ १ गते बिहीबार

काठमाडौं । लकडाउनका कारण नेपाल आयल निगमको कारोबार दैनिक ६४ करोड रुपियाँले घटेको छ । वैशाख तेस्रो हप्तासम्म दैनिक २३ करोड रुपियाँसम्म कारोबार भएको छ ।

गत वर्ष मासिक ८७ करोड रुपियाँको कारोबार भएको निगमका प्रबन्ध निर्देशक सुरेन्द्रकुमार पौडेलले बताउनुभयो । उहाँले भन्नुभयो, “हाल महिनामा चार अर्ब २८ करोड रुपियाँ राजस्व गुमिरहेको छ ।”
पेट्रोलियम पदार्थको माग पछिल्लो एक सातामा ३३ प्रतिशत पुगेको छ । अप्रिल महिना अर्थात् वैशाख १७ सम्म २० प्रतिशत मात्र माग थियो ।

लकडाउनमा फाट्फुट गाडी चल्न थालेपछि माग बढेको निगमले जनाएको छ । बजार सामान्य अवस्थामा नपुग्दासम्म पेट्रोलियम पदार्थको माग बढ्न नसक्ने पौडेलको भनाइ छ । माग कम भए पनि पूर्ण रूपमा पेट्रोलियम पदार्थको भण्डारण गरिएको छ ।

पौडेलका अनुसार १५ हजार मेट्रिक टन ग्यास मौज्दात रहेको छ । लकडाउन खुलेर बजार सुचारु भए पनि १२ दिनलाई पुग्ने ग्यास मौज्दात रहेको उहाँले बताउनुभयो । भण्डारण अहिलेसम्मकै उच्च रहेको पौडेलेले बताउनुभयो । बुलेटहरूमा समेत मौज्दात राखिएको छ र लकडाउन लम्बिए पनि अभाव नहुने उहाँको भनाइ छ ।
हवाई उडान ठप्प भएपछि हवाई इन्धन पूर्ण रूपमा भण्डारण छ । पेट्रोलियम पदार्थको आयात नियमित भइरहेको छ । भारतसँगका सबै नाकाबाट आयात भइरहेको निगमले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटे पनि नेपालमा तत्कालका लागि मूल्य समायोजन नहुने भएको छ । बजारमा पेट्रोलियम पदार्थको माग नै नभएका बेला मूल्य घटाएर त्यसको फाइदा उपभोक्ताले लिन नसक्ने निगमको बुझाइ छ । मूल्य निर्धारणको सवालमा पौडेलले भन्नुभयो, “मूल्य समायोजनको सवालमा निगम गम्भीर छ, मूल्य घटाउँदा अहिले वास्तविक निम्न वा मध्यम वर्गले राहत पाउँदैन, यो वर्ग लकडाउनको प्रभावमा छ उनीहरूको खपत नै छैनभन्दा हुन्छ, सार्वजनिक सवारीहरू त चलेकै छैनन् ।” बजार ठप्प भएका बेला पेट्रोलियम पदार्थको मूल्य समायोजनको अर्थ र प्रभाव नहुने उहाँको दाबी छ ।

कोरोना भाइरसका कारण विश्व बजार लकडाउन भएपछि पेट्रोलियम पदार्थको माग विश्वमै घटेको छ । कच्चा तेलको उत्पादक खाडी राष्ट्रहरूले उत्पादनमा कटौती गरेका छन् । मूल्यमा गिरावट आइरहेको छ तर लकडाउनका कारण नेपालमा मूल्य समायोजन नगरिएको निगमले जनाएको छ ।
निगमले इन्डियन आयल कर्पोरेसनसँग स्वचालित मूल्य निर्धारणको व्यवस्था लागू गरेको छ । जसअनुसार हरेक १५÷१५ दिनमा पेटोलियम पदार्थको मूल्य निर्धारण हुने गरेको छ तर लकडाउन सुरु भएपछि निर्धारण भएको छैन ।
निगमले चैत ३ गते पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १० रुपियाँका दरले घटाएको थियो तर मूल्य घटाए पनि चैत ११ गतेदेखि लकडाउन सुरु भएपछि खासै प्रभाव नभएको निगमले बताएको छ ।

पेट्रोल डिजेलको मूल्य एकैपटक प्रतिलिटर पाँच रुपियाँ घट्दा सार्वजनिक सवारीको पेट्रोलिमय पदार्थबापतको ३५ प्रतिशत हिस्साको मूल्य घटाउनुपर्ने हुन्छ तर लकडाउन सुरु भएकाले प्रतिलिटर १० रुपियाँ घट्दा पनि सवारीको भाडा समायोजन हुनसकेको छैन । आजको गोरखापत्र दैनिकबाट

IME Lifesidebar
kumari