काठमाडौं र कपिलबस्तुमा कोरोना संक्रमित थपिए

आर्थिक सञ्जाल २०७७ जेठ १ गते बिहीबार
काठमाडौं र कपिलबस्तुमा एक– एक जना कोरोना संक्रमितका विरामी थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार बिहान सार्वजनिक गरको तथ्यांकमा काठमाडौंंको चन्द्रगिरि नगरपालिकामा ३२ वर्षिय पुरुष र कपिलबस्तुकी ६ वर्षिय बालिकाकामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ ।
यो सँगै कोरोना संक्रमितको संख्या २४५ पुगेको छ ।