evrest bank
stcnepal long ad
national life
global bank
nabil bank

बिद्यालय मर्ज अभियान चलाऔं

Prabhu Insurance Long Ad
global bank

महोत्तरी । शिक्षा बिज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेलले बिद्यालय मर्जर अहिलेको आवश्यकता रहेको बताउनुभएको छ । महोत्तरीको बर्दिवासमा बर्दिवास नगरपालिकाले आयोजना गरेको “बर्दिवास शिक्षा सम्मेलन” लाई सम्बोधन गर्नुहुँदैं मन्त्री पोखरेलले सार्वजनिक विद्यालयको सवलिकरणको लागि शिक्षालाई गुणस्तर बनाउन र सार्वजनिक बिद्यालयको गुज्रिदै गरेको समस्यालाई सम्बोधन गर्न विद्यालय मर्जर अहिलेको आवश्यकता रहेको बताउनु भएको छ । विद्यालयहरु धेरै खुलेका छन् गुणस्तर छैन्न्, मन्त्री पोखरेलले शैक्षिक गुणस्तर बृद्धिको लागि, सुधारको लागि, शैक्षिक क्षेत्रमा देखिएको चुनौति र समाधानका विद्यालय मर्जर आवश्यक रहेको बताउँदै सरकारले सार्वजनिक विद्यालयको सवलीकरणको लागि दशकिय अभियान सुरु गरेको र यो अभियानमा सबैको साथ र सहयोग आवश्यकता रहेको बताए । यो अभियानमा सबैलाई साथ दिन मन्त्री पोखरेलले आग्रह समेत गरेका थिए । मन्त्री पोखरेलले विद्यालयमा शिक्षक अभावलाई परिपुर्ति गर्न सरकारले दरवन्दी थप गर्न शिक्षक सिकाई अनुदान र स्वयम् सेवक शिक्षक पठाउने कार्यक्रम तयार गरिरहेको बताउँदै अहिले सरकारले प्राविधिक र व्यवसायिक शिक्षालाई जोड दिएको र प्राविधिक र व्यवसायिक शिक्षाले देश विकासमा कायापलट हुने यस्तो प्रकारको शिक्षा सम्मेलन सबै स्थानीय तहमा गर्नु जरुरी रहेको बताए । बर्दिवास नगरपालिकाका नगरप्रमुख बिदुरकुमार कार्कीले बर्दिवास नगरलाई यस क्षेत्रकै शैक्षिक हव बनाउन नगरले काम गरिरहेको र सार्वजनिक विद्यालय सवलीकरण पहिलो प्राथमिकता रहेको बताए ।

igi long
himalayan life insurance long ad