stcnepal long ad
ime life insurance
national life
global ime bank long

एपीएफ कमाण्ड तथा स्टाफ कोर्ष समापन

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले चौथो समुहको ‘एपीएफ कमाण्ड तथा स्टाफ कोर्ष’को माघ ३ गते समापन गर्नुभएको छ । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा आयोजित एक विशेष समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक खनालले सो कोर्षमा सर्वोत्कृष्ट हुन सफल सशस्त्र प्रहरी नायव उपरीक्षक रामकृष्ण महर्जनलाई ‘बेस्ट कमाण्ड एण्ड स्टाफ कोर्ष अवार्ड’ प्रदान गर्नुभयो । सोही अवसरमा त्रिभुवन विश्वविद्यालय मानविकी तथा समाजशास्त्र संकायका डिन प्रा.डा. शिवलाल भुषालले सशस्त्र प्रहरी नायव उपरीक्षक रामकृष्ण महर्जनलाई ‘वेष्ट एकेडेमिक अवार्ड’ प्रदान गर्नुभयो । सशस्त्र प्रहरी महानिरीक्षक खनाल तथा प्रा.डा. भुषालले उक्त विशेष समारोहमा एपीएफ कमाण्ड तथा स्टाफ कलेज जर्नलको लोकार्पण समेत गरेका थिए ।
सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सशस्त्र प्रहरी उपरीक्षक किरण ढुंगानालाई ‘बेष्ट रिसर्च अवार्ड’ प्रदान गर्नुहुँदै खनालले सो अवसरमा उक्त कोर्ष पश्चात मध्यम तहका एपीएफ अधिकृतहरु भोलीका दिनमा व्यावसायिक क्षेत्रमा कुशल क्षमताका साथ कार्यसम्पादन गर्न सक्षम रहने विश्वास व्यक्त गर्नुभयो । महानिरीक्षक खनालले सोही अवसरमा देशभर खटिएका राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुलाई देश र जनताको सेवा, सुरक्षा तथा सहयोग एवं आपत विपद्मा परेकाहरुको उद्वार कार्यमा व्यावसायिक ढंगले कृयाशिल रहन निर्देशन समेत दिन भएको थियो ।
महानिरीक्षक खनालले एपीएफ कमाण्ड तथा स्टाफ कोर्षलाई सफलता पूर्वक सञ्चालन गर्न नेपाल सरकार गृह मन्त्रालय, त्रिभुवन विश्वविद्यालय लगायत सम्बद्ध अन्य विभिन्न निकाय तथा विज्ञहरुबाट प्राप्त सहयोग प्रति आभार प्रकट गर्नुभयो ।
त्रिभुवन विश्वविद्यालय मानविकी तथा समाजशास्त्र संकायका डिन प्रा.डा. शिवलाल भुषालले शिक्षा सधैं शक्तिशाली रहने चर्चा गर्नुहुँदै एपीएफ कमाण्ड तथा स्टाफ कोर्ष सशस्त्र प्रहरी अधिकृतहरुलाई व्यावसायिक बनाउने कार्यमा सहयोगीसिद्ध हुने बताए । कार्यक्रममा एपीएफ कमाण्ड तथा स्टाफ कलेजका समादेशक सशस्त्र प्रहरी नायव महानिरीक्षक प्रविणकुमार श्रेष्ठले स्वागत मन्तव्य तथा सो कोर्षको विविध पक्षमाथि प्रकाश पार्दै उक्त कोर्ष त्रिभुवन विश्वविद्यालय मानविकी तथा समाज शास्त्र संकायमा सुरक्षा, विकास तथा शान्ति अध्ययनमा स्नातकोत्तर रहेको बताए ।
गत साल असोज २१ गतेबाट सञ्चालित १६ महिना अवधिको सो कोर्षमा कुल ११ जना अधिकृतहरु सहभागी रहेका थिए ।

IME Lifesidebar
kumari