stcnepal long ad
global ime bank long

करदाता प्रोत्साहन उपहार कार्यक्रम स्थगित

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । सरकारले उपहार विजेता छनोट कार्यक्रम स्थगित गरेको छ । रसुवा, नुवाकोट, धादिङ लगायतका स्थानमा गएको बाढी पहिरोको विषम परिस्थितिको कारण भदौ १६ गते छनौट हुनुपर्ने करदाता प्रोत्साहन उपहार कार्यक्रमको विजेता घोषणा कार्यक्रम स्थगित गरिएको हो ।

आन्तरिक राजस्व विभागले सूचना जारी गर्दै भनेको छ- ‘रसुवा, नुवाकोट, धादिङ लगायतका स्थानमा गएको बाढी पहिरोको विषम परिस्थितिको कारण आज मिति २०८३ भदौ १६ गते छनौट हुनुपर्ने करदाता प्रोत्साहन उपहार कार्यक्रमको विजेता घोषणा कार्यक्रम स्थगित गरिएको छ ।’

स्थगित उक्त कार्यक्रम तथा आगामी पाक्षिक अवधिको उपहार विजेता छनोट कार्यक्रम आउँदो असोज १ गते भदौ महिना भरको खरिद बीजकहरुको कुपनहरूको दैनिक तथा बम्पर उपहारका विजेता छनोट गरिने विभागले जनाएको छ ।

IME Lifesidebar
kumari