stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

लक्षण नदेखिएकाको पनि पीसीआर मार्फत स्वास्थ्य परीक्षण गर्ने तयारी

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad
काठमाडौं । कोरोना भाइरसको लक्षण नदेखिएकाको पनि पीसीआर विधि मार्फत स्वास्थ्य परीक्षण गर्ने तयारी पनि सरकारले गरेको छ ।

विशेषगरी भारतबाट आएकाहरुको स्वास्थ्य जाँचलाई प्राथमिकता दिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।          यस्तै, भारतबाट आएकाहरुलाई अनिवार्य रुपमा क्वरेन्टीनमा राखिने भएको छ । मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार भारतबाट आएका सबैलाई पहिलो चरणमा क्वरेन्टीनमा राखिने छ ।

१४ दिनसम्म क्वरेन्टीनमा बसेकाको शंका लागे पीसीआर विधिमार्फत परीक्षण गरिने छ । नेपालमा लक्षण नै नदेखिएकालाई पनि कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएकाले भारतबाट आएका तर शंकास्पद देखिएकाको परीक्षण गर्ने तयारी भएको देवकोटाले बताए । १४ दिनसम्म क्वरेन्टीमा राखे पछि उनीहरुलाई घर फर्काइने छ ।

घर फर्किएपछि कुनै समस्या देखिए उनीहरुलाई घरमा नै क्वरेन्टीनमा राखिने छ । यसैगरी सरकारले अग्रपंक्तिमा काम गर्ने सबै डाक्टर तथा स्वास्थ्यकर्मीको कोरोना परीक्षण गर्ने भएको छ । सङ्क्रमितको उपचारमा खटिएका डाक्टरसहित स्वास्थ्यकर्मीको बेला बेलामा परीक्षण थाल्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसैगरी मन्त्रालयले सङ्क्रमितको संख्या बढ्दै गए पछि वैकल्पिक प्रयोगशालाको बारेमा छलफल थालेको छ । अहिले भएका प्रयोगशाला अपर्याप्त हुन सक्ने भन्दै वैकल्पिक प्रयोगलाशा कसरी स्थापना गर्ने भन्ने विषयमा तयारी भईरहेको मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारले जानकारी दिए।

उनका अनुसार सप्तरीको राजविराजमा छिट्टै पीसीआर विधिमार्फत परीक्षण गर्ने प्रयोगशाला स्थापनाको तयारी भएको छ । अहिले २ लाख जनालाई पीसीआर विधिमार्फत परीक्षण गर्न औषधि रहेको र थप औषधि खरिदका लागि प्रक्रिया सुरु भइकेको अधिकारीले बताए ।

prabhu mahalaxmi
kumari bank
kumari