stcnepal long ad
ime life insurance
national life
global ime bank long

गण्डकी प्रदेशमा थपिए १० जना कोरोना संक्रमित

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल

काठमाडौं । गण्डकी प्रदेशमा आज कोरोना भाइरसका १० नयाँ संक्रमित थपिएका छन् । स्याङ्जा र पर्वतका पाँच–पाँच जना संक्रमित थपिएका हुन् ।

स्याङ्जाको चापाकोट नगरपालिकाको क्वारेन्टाइनमा बसेका २२, २६, ३२ र ४० वर्षीय गरी ४ पुरुष र स्याङ्जाकै बिरुवा गाउँपालिकाको क्वारेन्टाइनमा बसेका २० वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो ।

पर्वतमा पनि एकै दिन ५ नयाँ संक्रमित थपिएका छन् । फलेबास नगरपालिकाका २ र महाशिला गाउँपालिकाका ३ गरी ५ संक्रमित भेटिएका हुन् । संक्रमित पाँचै जना सदरमुकाम कुस्माको क्वारेन्टिनमा बस्दै आएका थिए ।

संक्रमण पुष्टि हुनेमा फलेबास नगरपालिकाका २० र ४० वर्षिय २ पुरुष र महाशिला गाउँपालिकाका १९, २० र २१ बर्षका पुरुष छन् । संक्रमित दशै जनालाई जिल्लास्थित आइसोलेसनमा पठाइएको छ । यो सँगै गण्डकीमा कोरोना संक्रमित कुल संख्या ३७ पुगेको छ ।

IME Lifesidebar
kumari