stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

बैंकले सार्वजनिक गर्यो पुनरकर्जा कार्यविधि मस्यौदा, सुझाव पनि मागियो

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad
आर्थिक सञ्जाल
काठमाडौं । नेपाल राष्ट्र  बैंकले पुनरकर्जा कार्यविधि २०७७ को मस्यौदा सार्वजनिक गरेको छ । विश्व व्यापीरुपमा फैलिएको कोभिड–१९ को महामारीबाट अर्थतन्त्रलाई परेको प्रभावलाई मध्यनजर गर्दै यसको परमार्जन गर्न सरोकारवाला निकायसँग सुझाव समेत मागेको छ ।
सरोकारवाला निकायले आगामी १५ दिनभित्र सुझाव दिन पनि केन्द्रीय बैंकले आग्रह गरेको छ । सार्वजनिक मस्यौदा अनुसार साधारण पुनरकर्जा प्रतिग्राहक अधिकतम सीमा २० करोड रुपैयाँसम्म हुनेछ ।

यस्तो पुनरकर्जा रकम कुल पुनरकर्जा प्रदान गर्न सकिने रकमको २०% भन्दा बढी नहुने केन्द्रीय बैंकले स्पष्ट पारेको छ । साथै, राष्ट्र बैंकबाट आह्वान गरी इजाजतपत्र प्राप्त संस्थालाई एकमुष्ट प्रदान हुने प्रति ग्राहक पुनरकर्जाको अधिकतम सीमा भने १० करोड रुपैयाँ हुनेछ ।

यस्तो रकम कुल पुनरकर्जा प्रदान गर्ने रकमको ७०% भन्दा बढी नहुने मस्यौदामा उल्लेख छ ।

यता, इजाजतपत्र प्राप्त ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थाहरुलाई प्रदान गरिने पुनरकर्जा रकम कुल पुनरकर्जा प्रदान गर्न सकिने रकमको १०% भन्दा बढी नहुने केन्द्रीय बैंकले जनाएको छ ।

सरकारले पुनरकर्जाको सीमा १ खर्ब पुर्याएको छ । कोरोना भाइरस प्रभावको राहत प्याकेज कार्यक्रम अन्तर्गत सरकारले ६० अर्बको पुनरकर्जा कोषलाई बढाएर १ खर्ब रुपैयाँ पुर्याएको हो ।
prabhu mahalaxmi
kumari bank
kumari