stcnepal long ad
ime life insurance
national life
global ime bank long

लक डाउनकै बीचमा उद्योग बन्द भए पनि कर तिर्नैपर्ने सरकारको आदेश

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad
आर्थिक सञ्जाल
काठमाडौं । सरकारलाई जेठ २५ गतेभित्र सबै कर बुझाउनु पर्ने भएको छ । लक डाउनका कारण सरकारले कर तिर्ने समसयीमा जेठ २५ गतेसम्म सारेको थियो । अब लक डाउन जारी रहे पनि २५ गते  अर्थात आउँदो आइतबारभित्र उद्योगी व्यवसायी सबैले सम्पूर्ण कर बुझाउनु पर्ने आन्तरिक राजस्व विभागले जनाएको छ ।

व्यवसायीले मूल्य अभिवृद्धि कर (भ्याट) आयकर, अन्तशुल्क लगायतका कर बुझाउनु पर्छ । सरकारले गत चैत ११ गतेबाट लक डाउन गरेपछि कर तिर्ने समय पनि पछि सारेको थियो ।

तर अब सरकारले समय नथप्ने भएपछि व्यवसायीले लक डाउनकै बीचमा कर तिर्नुपर्ने भएको छ ।

IME Lifesidebar
kumari