citizens life insurance long ad
stcnepal long ad

त्रिभुवन विश्वविद्यालय सेवा आयोगका पूर्वअध्यक्ष सहित १० जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । विशेष अदालतको फैसलाबाट निर्दोष साबित भएका त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगका पूर्वअध्यक्ष सहित १० जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन दिएको छ ।

आयोगले उनीहरूविरुद्ध उत्तरपुस्तिका साटफेर प्रकरणमा दोषी दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

शुक्रबार आयोगले प्रतिवादी दाबी गर्दै पुनरावेदन दिएकामा त्रिवि सेवा आयोगका पूर्वअध्यक्ष चैतन्य शर्मा, आयोगका पूर्वसदस्य चिन्तामणि पोखरेल, विश्वविद्यालयका प्राध्यापकद्वय टेकनाथ ढकाल र गोविन्द ढकाल, सहप्राध्यापक राजेश्वर न्यौपाने र ताराप्रकाश पौडेल तथा रामबहादुर पाण्डे, आयोगका प्रशासन प्रमुख परशुराम कोइराला, मुख्य कार्यालय सहायक बच्चुराम पाण्डे र आयोगका कर्मचारी इन्दिरा तिवारी छन् ।

त्रिवि सेवा आयोगले खुला प्रतिस्पर्धाबाट कर्मचारी छनोटका लागि लिएको परीक्षामा परीक्षाफलको परिणाम फेरबदल गरेर भ्रष्टाचार गरेको आयोगको दाबी थियो । विशेष अदालतले गत असोज ४ गते उनीहरूलाई सफाइ दिएको थियो ।

उनीहरूविरुद्ध पुनरावेदन दिँदै आयोगले ११ वटा आधार पेस गरेको छ । आयोगले शुक्रबार विशेष अदालतको अर्को फैसलामा चित्त नबुझेपछि सर्वोच्च अदालतमा पुनरावेदन दिएको छ ।

आयोगले घुस तथा रिसवत सम्बन्धी मुद्दाका प्रतिवादी शिवचन्द्र केवट सहनी, अविनाश कुँवरविरुद्ध पुनरावेदन दिएको हो ।

यसैबीच आयोगले जनकपुरधाम उपमहानगरपालिका–११ का वडाध्यक्ष अर्जुनकुमार चौधरी र वडासचिव माधवकुमार रायविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

जग्गा दर्ता कायम गर्ने सरजमिन मुचुल्काको रोहवरमा दस्तखत गर्न सेवाग्राहीसँग घुस लिएको अवस्थामा आयोगको टोलीले उहाँहरूलाई पक्राउ गरेको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिबासबाट खटिइगएको टोलीले उनीहरूलाई ५० हजारु रुपियाँ घुस लिएको अवस्थामा पक्राउ गरेको थियो ।

IME Life
kumari