stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गराउने मालपोत प्रमुख सहित ९ जना विरुद्ध मुद्दा दर्ता

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल

काठमाडौँ । सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गराउने मालपोत प्रमुख सहित ९ जना विरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दर्ता गरिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय खोटाङका तत्कालीन प्रमुख यदुनाथ दाहालसमेत ९ जना विरुद्ध आज विशेष अदालतमा मुद्दा दर्ता गरेको हो ।

‘जिल्ला खोटाङ साविक दिक्तेल गाविस वडा नम्बर ६ को सरकारी जग्गा व्यक्ति विशेषको नाममा दर्ता गराई सो जग्गा मालपोत कार्यालय खोटाङका कर्मचारी टेकबहादुर खड्कासमेतका नाममा कायम गरेको भन्ने व्यहोराको उजुरी उपर अनुसन्धान हुँदा देहाय बमोजिमका व्यक्तिहरुबाट भ्रष्टाचारजन्य कार्य गरेको पुष्टि हुन आएकोले देहाय बमोजिम सजाय हुन मागदाबी लिइएको छ’- अख्तियारले दायर गरेको आरोप पत्रमा उल्लेख छ ।

आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार जिल्ला खोटाङ साविक दिक्तेल गाविस वडा नं. ६ को कि.नं. १३७ र ऐ.ऐ. कि.नं. ८१५ को छुट जग्गा दर्ता समितिको सदस्यको रुपमा नापी प्रमुख सियाकान्त चौधरीले सरकारी/सार्वजनिक जग्गा बदनियतपूर्वक व्यक्ति विशेषको नाममा सिफारिस गरी सरकारी सम्पत्ति हानि नोक्सानी हुने र व्यक्ति विशेषलाई फाइदा पुर्याउने गरी निजले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को खण्ड (ज) बमोजिमको कसुर गरेको देखिन आएकोले निज नापी प्रमुख सियाकान्त चौधरीलाई उक्त जग्गाहरुको तत्कालीन सरकारी मूल्याङ्कन अनुसार कि.नं. १३७ र कि.नं. ८१५ को जम्मा मूल्य चार लाख उनान्नब्बे हजार दुई सय एक रुपैयाँ एघार पैसा बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा ९१० बमोजिम सजाय गरी पाउन मागदाबी लिइएको छ ।        कि.नं. ८१५ को छुट जग्गा दर्ता समितिको अध्यक्षको रुपमा तत्कालीन मालपोत प्रमुख यदुनाथ दाहालले सरकारी पर्तीको जग्गा बदनियत पूर्वक विभागीय सहमति लिई निवेदकहरुको नाममा दर्ता गर्ने भनी सिफारिस गरी सरकारी सम्पत्ति हानी नोक्सानी हुने र व्यक्ति विशेषलाई फाइदा पुर्‍याउने गरी निजले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को खण्ड (ज) बमोजिमको कसुर गरेको देखिन आएकोले निज मालपोत प्रमुख दाहाललाई उक्त जग्गाको तत्कालीन सरकारी मूल्याङ्कन अनुसारको मूल्य जम्मा चार लाख चौध हजार चार सय त्रिपन्न रुपैयाँ एघार पैसा बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिम सजाय गरी पाउन माददाबी लिइएको आयोगद्वारा आज प्रकाशित विज्ञप्तिमा उल्लेख छ ।

त्यसैगरी सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गराउने कार्यमा संलग्न मालपोत कार्यालय, खोटाङका तत्कालीन मालपोत अधिकृत कटकबहादुर खत्री, नायब सुब्बा भिमबहादुर खत्री, चन्द्रबहादुर कार्की, खरिदार टेकबहादुर खड्का, गजेन्द्रकुमार थापा, रामबहादुर थापा र अमिन गणेशकुमार खिडहरी विरुद्ध अदालतमा मुद्दा दर्ता गराइएको आयोगले जनाएको छ ।

prabhu mahalaxmi
kumari