stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

नेपालमा थप ९० जनामा कोरोना संक्रमण, कुल संख्या ७७२ पुग्यो

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad
आर्थिक सञ्जाल
काठमाडौं । नेपालमा थप ९० जनामा कोरोना भाइरसको संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसंगै नेपालमा मंगलबार दिउँसोसम्ममा संक्रमितको संख्या कुल ७ सय ७२ पुगेको छ । नेपालमा दिनहुँ विस्फोटकरुपमा बढ्न थालेको मंगलबारको तथ्यांक एकै दिनमा सबैभन्दा बढी संख्यामा देखिएको यो पहिलो हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आज आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डाक्टर विकास देवकोटाले थपिएका संक्रमितहरुमा महोत्तरीका २, बारामा कार्यरत जुम्लाका २, बाराका ३, रौतहटका २२, सिरहाका ५, धनुषाका १, बाँकेका ८, कपिलवस्तुका २६, अर्घाखाँचीका २, गुल्मीका २, रूपन्देहीका १, कैलालीका १, अछामका १, स्याङ्जाका २ र सुर्खेतका १२ जना रहेको जानकारी दिनुभयो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको परीक्षणमा ३५ जनाको रिपोर्ट पोजिटिभ आएको देवकोटाले बताउनु भयो । टेकुमा गरिएको परीक्षणमा महोत्तरीको मनरा गाउँपालिका–१० का ३० र ३५ वर्षीय पुरुष, जुम्ला घर भई बारामा कार्यरत ३५ र ३६ वर्षीय पुरुष र बाराको पचरौता–१ को पिपरपट्टी माविको क्वारेन्टाइनमा रहेका १९, ३० र ३५ वर्षीय पुरुषमा संक्रमण पोजिटिभ पाइएको छ ।

यता रौतहटमा २२ संक्रमित थपिदा सदरमुकाम गौरमा पहिलो पटक संक्रमित पाइएको छ । गौर नगरपालिकाका ७ पुरुष र एक महिलामा संक्रमण देखिएको र उनीहरुको उमेर ४ देखि ४० वर्ष रहेको पनि प्रवक्ता देवकोटाले जानकारी दिनुभयो ।

रौतहटको देवाही गोनाही नगरपालिकाका १४ देखि १८ बर्ष सम्मका ६ जनामा अरुणियका २६ देखि ४८ बर्ष उमेरका ६ जनामा संक्रमणको पुष्टि भएको छ ।

रौतहटकै राजदेवी नगरपालिकामा २२ वर्षीय पुरुष र गडुरा नगरपालिकाका एक २४ वर्षीय पुरुषमा पनि कोरोना भाइरस पोजिटिभ देखिएको छ । उता सिरहाको नवराजपुर गाउँलिकाका १८ वर्षीय पुरुष, भगवानपुर गाउँपालिकाको २५ देखि २९ बर्षका ४ जना पुरुषमा पनि संक्रमण पुष्टि भएको छ । यस्तै कोरोना अस्पताल जनकपुरमा कार्यरत धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकाका २२ वर्षीय पुरुषमा पनि संक्रमण पाइएको छ ।

यस्तै नेपालको हटस्पट बनिरहेको कपिलवस्तुको यशोधरा गाउँपालिका मा पनि २ बर्षीया बालिकादेखि ५५ बर्ष सम्ममा २४ जनामा कोरोना भाइरस पोजिटिभ देखिएको छ । यता बाँकेमा संक्रमित थपिने क्रम तीब्र बन्दा थप ८ जनामा संक्रमण पाइएको छ ।

संक्रमितहरुमा नेपालगञ्ज उपमहानगरपालिका २ का २२ वर्षीय पुरुष, डडुवा–१ का २० वर्षीय पुरुष, डडुवा–२ का २१, ३६ र ४० वर्षीय पुरुष, राप्ती सोनारी–३ का ४६ वर्षीय पुरुष, राप्ती सोनारी–९ का ३८ वर्षीय पुरुष र बैजनाथ–३ का ३० वर्षीष रहेका छन् ।

यसैगरी रुपन्देहीको प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणमा कपिलवस्तु मायादेवी—७ का २२ र ५० वर्षीय पुरुष, अर्घाखाँचीको पाणिनी गाउँपालिकाका १९ र ४३ वर्ष, गुल्मी धुर्कोटका २ पुरुष र रुपन्देही अस्पतालका २२ वर्षीय पुरुषमा संक्रमण फेला परेको छ ।

prabhu mahalaxmi
kumari