citizens life insurance long ad
macchha(MBL)
stcnepal long ad
Himalayan bank
global bank

मुख्यमन्त्री राउत सहित मन्त्रीहरुको तस्बिर अंकित व्यानरमा जुत्ता हान्ने ४ जना पक्राउ

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल

धनुषा । धनुषाको जनकपुरधामस्थित जिरोमाईलमा प्रदेश दुईका मुख्यमन्त्री लालवावु राउत सहित मन्त्रीहरुको तस्बिर अंकित व्यानरमा जुत्ता चप्पल हान्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

विकासे कामको भुक्तानी नदिएको भन्दै मन्त्रीहरुको तस्बिर अंकित व्यानरमा जुत्ता चप्पल हान्ने उपभोक्ता संघर्ष समितिका पदाधिकारीलाई प्रहरीले पक्राउ गरेको छ ।

भुक्तानी नदिएको भन्दै मुख्यमन्त्री तथा मन्त्रीहरुविरुद्ध प्रदर्शन गरीरहेका संघर्ष समितिका पदाधिकारीले जुत्ता चप्पल प्रहार गरेका थिए । प्रहरीले रोशन सिंह राणा, रोशन ठाकुर, विमलेश ठाकुर र शंकर साहलाई नियन्त्रणमा लिएको छ ।

यसअघि, उनीहरुले गत आर्थिक वर्षमा सम्पन्न गरेको योजनाहरुको भुक्तानी नदिएको भन्दै भौतिक पूर्वाधार विकास कार्यालय तालाबन्दी गरेका थिए ।

यसअघि, भूक्तानीकै विषयलाई लिएर प्रतिपक्षी दल तथा सत्ता पक्षकै सांसदहरुले प्रदेशसभा बैठक समेत अवरुद्ध गरेका थिए । सोही कारण प्रदेशसभा बैठक अनिश्चितकालको लागि स्थगित गरिएको छ ।

गत आर्थिक वर्षमा विभिन्न मन्त्रालय र प्रदेश सांसदमार्फत बाँडिएका योजनाहरुको करिब ८७ करोड रुपैयाँ भुक्तानी हुन बाँकी छ ।

gold
himalayan life insurance long ad
kumari bank