stcnepal long ad
global ime bank long

वीर अस्पतालका कर्मचारीद्वारा आन्दोलनको घोषणा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । वीर अस्पतालका सफाइ कर्मचारीले आन्दोलनको घोषणा गरेका छन् । समयमै पारिश्रमिक नपाएको भन्दै उनीहरूले आन्दोलनको घोषण गरेका हुन् ।

आन्दोलनका कार्यक्रमअन्तर्गत वैशाख १० देखि १३ गतेसम्म दैनिक एक घण्टा कालो ब्यानर र प्लेकार्डसहित कोणसभा गर्ने र नियमित काममा फर्कने जनाइएको छ । ज्यालादारीमा कार्यरत कर्मचारीले तीन महिनादेखि पारिश्रमिक नपाएको बताएका छन् ।

पारिश्रमिकबारे प्रशासन र आपूर्तिकर्ता कम्पनीलाई पटक–पटक लिखित र मौखिक जानकारी गराउँदा पनि सुनुवाइ नभएको उनीहरूको गुनासो छ ।

गरुड सर्भिसेज र वीर अस्पतालले समयमै पारिश्रमिक भुक्तानी गर्ने लिखित प्रतिबद्धता नजनाएसम्म आन्दोलन फिर्ता नलिने उनीहरूको अडान छ ।

IME Lifesidebar
kumari