stcnepal long ad
ime life insurance
national life
global ime bank long

दार्चुलाको घाँटीबगर ईलाकामा नेपाली सेना तैनाथ

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल २०७७ जेठ ८ गते बिहीबार

काठमाडौँ । मन्त्री परिषदबाट २०७७ वैशाख १४ गते भएको निर्णय बमोजिम महाकाली करिडोर (दार्चुला टिंकर सड्क योजना) अन्तरगत उत्तरी तर्फ रहेको ८७ कि.मि. सडक खण्ड नेपाली सेना मार्फत निर्माण गराउने निर्णय भएको ।

सो सडक खण्ड अन्तरगत पर्ने दार्चुला जिल्लाको व्यास गाँउपालिका वडा नं. २ स्थित घाँटीबगर इलाकामा करिव २ मिटर चौडाईको ४५० मिटर गोरेटो/घोडेटो बाटो निर्माण कार्यको लागि आवश्यक सुरक्षा तथा बन्दोबस्तीको निमित्त आज वैशाख  ८ गते ११०० बजे घाँटीबगर इलाका नजिकको थी भन्ने स्थानमा नेपाली सेनाको एक सेक्सन प्लस फौज तैनाथ भएको छ ।

साथै बाटो निर्माण कार्यको लागि दक्ष प्रावधिक जनशक्ति र थप सुरक्षा तथा बन्दोबस्तीको निमित्त आवश्यक नफ्रिको फौज, उपकरण एवं अन्य सामाग्रीहरु सहितको टोली मिति २०७७।०२।०९ गते तैनाथ गर्ने योजना रहेको छ ।

चीन र भारतको सिमा नाका समेत पर्ने दार्चुला जिल्लाको व्यास गा.पा.-१ मा पर्ने छाङरु र टिंकर गाउँका करिब १८२ घर परिवारको करिब १२०० जना स्थानीयलाई जिल्ला सदरमुकाम खलङ्गा आवतजावत गर्नको लागि व्यास गा.पा.-२ मा पर्ने मौरी भिरमा ठुलो चट्टान र घाँटीबगर भन्ने स्थानमा पहिरो समेत गएकोले आवतजावत गर्न समस्या भएको तथा स्थानीय बासिन्दाले हालसम्म भारत तर्फ रहेको बाटो प्रयोग गर्दै आएको ।

तसर्थ घाँटीबगर र मौरी भिर ईलाकामा पर्ने ४५० मिटर सडक खण्ड अविलम्ब सुचारु गर्न दार्चुला जिल्ला सुरक्षा समितिबाट निर्णय भए बमोजिम सडक खण्ड निर्माणको लागी नेपाली सेनाको प्रावधिक जनशक्ति सहित से.मु. प्लस नफ्रिको फौज घाँटीबगर ईलाकाको थी ईलाकामा तैनाथ गर्ने योजना मुताविक आज सो फौज तैनाथ भएको हो । सडक खण्ड सुचारु भए पश्चात स्थानीय बासिन्दाहरु नेपालकै भूमी प्रयोग गरी आवत जावत गर्न सक्नेछन् ।

नेपाल सरकारबाट प्राप्त कुनै पनि जिम्मेवारीहरुलाई पूर्ण प्रतिवद्धताका साथ सम्पन्न गर्दै आएको नेपाली सेनाले संविधानको मर्म र भावना अनुरुप नेपालको बिकास निर्माणको क्षेत्रमा प्राप्त यस जिम्मेवारीलाई समेत उपलव्ध श्रोत साधन, जनशक्ति र प्राविधिक विज्ञताको पूर्णतया उपयोग गर्दै यथासम्भव छिटो सम्पन्न गर्ने तर्फ आवश्यक कारवाही तत्काल अगाडी बढाउने नेपाली सेना जानकारी गराएको  छ ।

IME Lifesidebar
kumari