citizens life insurance long ad
stcnepal long ad

पहाडी र हिमाली क्षेत्रमा बदली, केही ठाउँमा वर्षाको सम्भावना

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं। माथिल्लो वायुमण्डलमा सक्रिय न्यूनचापीय प्रणालीको प्रभावका कारण देशका विभिन्न स्थानको मौसममा परिवर्तन आएको छ।

हाल देशका हिमाली तथा पहाडी भू–भागमा आंशिक बदली रहेको छ भने अन्य क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

आज बिहीबार पनि देशका हिमाली तथा पहाडी भू–भागमा आंशिक बदली रहने अनुमान गरिएको छ। तराईका क्षेत्रमा भने मौसम मुख्यतया सफा रहनेछ।

त्यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको छ।

IME Life
kumari