बाँकेमा २ र कपिवस्तुमा १ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या ४५७ पुग्यो

आर्थिक सञ्जाल २०७७ जेठ ८ गते बिहीबार
काठमाडौ । बाँकेमा २, कपिवस्तुमा १ जना र झापामा थप आठ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ४५७ पुगेको छ ।
बिहीबार बिहान मात्र १७ जनामा कोरोना पुष्टि भएको थियो । झापाका संक्रमित सबै आठैजना पुरुष हुन् । झापाका संक्रमितहरु सबै कचनाकवल गाउँपालिकाको लक्ष्मी देवकोटा माविको क्वारेन्टाइनमा बसेका व्यक्ति हुन् ।
बिहीबार चारजना टेकु अस्पतालबाट डिस्चार्ज भएकाा छन् । प्रवक्ता देवकोटाका अनुसार २३ र २५ वर्षीया महिला, ३७ र २७ वर्षीय पुरुष ९ दिन लामो उपचारपछि डिस्चार्ज भएका हुन् । नेपालमा अहिलेसम्म पीसीआर विधिबाट ३८ हजार ७ सय ३६ र आरडीटी विधिबाट ७८ हजार ६ सय ९५ जनाको नमुना परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट तीन हजार चार सय १३ र आरडीटी विधिबाट तीन हजार ६ सय २३ जनाको परीक्षण गरिएको छ ।
प्रदेश नम्बर १ मा ९ हजार ८ सय ३७, प्रदेश नम्बर २ मा ६ हजार २ सय ७९, बागमती प्रदेशमा १७ हजार ४ सय ४९ जनाको आरडिटी परीक्षण भएको छ । यस्तै गण्डकी प्रदेशमा ७ हजार १८, प्रदेश नम्बर ५ मा १० हजार ५ सय ६२, कर्णाली प्रदेशमा ७ हजार ६ सय ६५ र सुदूरपश्चिम प्रदेशमा १९ हजार ४ सय ८५ वटा आरडिटी परीक्षण भएको प्रवक्ता देवकोटाले बताउनुभयो । अहिले देशभरीका क्वारेन्टाइनमा २५ हजार ३० जना रहेका छन् ।