stcnepal long ad
ime life insurance
national life
global ime bank long

नेपाल प्रहरी र नेपाल चलचित्रकर्मी एवम् चलचित्र विज्ञहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयमा नेपाल प्रहरी र नेपाल चलचित्रकर्मी एवम् चलचित्र विज्ञहरुसँग अन्तरक्रिया कार्यक्रम बुधबार सम्पन्न भएको छ ।

अन्तरक्रियालाई सम्बोधन गर्दै नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक टेक प्रसाद राईले कलाकार र चलचित्र क्षेत्रबीचको समन्वय र सहयोग आदानप्रदानको लागि यो अन्तरक्रिया आयोजना गरिएकोले चलचित्र क्षेत्रलाई आवश्यक सहयोग गर्न नेपाल प्रहरी सदैव तत्पर रहेको बताउनुभयो ।

नेपाल प्रहरीको प्रमुख दायित्व नागरिकको जीउधनको सुरक्षा गर्ने भएकोले प्रहरी राम्रो भएमा मात्र समाज राम्रो हुने र प्रहरीलाई नकारात्मक चरित्रको रूपमा मात्र प्रस्तुत गर्दा प्रहरी सेवा प्रति नागरिकको आकर्षण कम हुनसक्ने प्रति चिन्ता व्यक्त गर्दै प्रहरी नायव महानिरीक्षक राईले चलचित्रको सिर्जना र कथा मर्नु हुँदैन भन्नेतर्फ समेत नेपाल प्रहरी सजग रहेको बताउनुभयो ।

साथै उहाँले तल्लो दर्जाको प्रहरी कार्यक्षेत्रका वास्तविक हिरो भएकाले उनीहरूको कथावस्तुलाई चलचित्रले समेटोस् भन्ने अपेक्षा व्यक्त गर्दै चलचित्र क्षेत्रको अपेक्षा पुरा गर्न नेपाल प्रहरी सदैव प्रतिवद्ध रहेको बताउनुभयो ।

चलचित्र क्षेत्रसँग सम्बद्ध व्यक्तिहरूले साइबर सुरक्षाको सम्बन्धमा व्यक्त गरेको चिन्ताप्रति लक्षित गर्दै प्रहरी नायव महानिरीक्षक राईले यस सम्बन्धमा साइबर व्यूरो मार्फत प्रभावकारी रुपमा काम गर्न सकिने बताउनुभयो ।

अन्तरक्रिया कार्यक्रममा बोल्दै नेपाल चलचित्र विकास वोर्डका अध्यक्ष भुवन केसीले चलचित्र छायांकनको क्रममा प्रहरीसँग सम्बन्धित हातहतियार, पोशाक, सवारीसाधन र छायाकंनस्थलको प्रयोगलाई थप व्यवस्थित  गर्न  नेपाल प्रहरीको महत्वपूर्ण सहयोग प्राप्त हुने अपेक्षा व्यक्त गर्नुभयो ।

उहाँले चलचित्र छायाकंनको क्रममा र हलमा फिल्म लागेको पहिले दिनमै मोबाइलमार्फत दृश्य खिचेर युटुबमार्फत प्रसारण गरिदिनाले निर्माताको करोडौं नोक्सान भएकोले यसलाई नियमन गर्न प्रहरीको सहयोगको समेत अपेक्षा गर्नुभयो ।

पछिल्लो समयमा चलचित्र छायांकनमा ड्रोनको प्रयोग अनिवार्य जस्तै भएकोले यसको प्रयोग सहजिकरणमा नेपाल प्रहरीको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।

सो अवसरमा नेपाल चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काले चलचित्र निर्माणको क्रममा नेपाल प्रहरीसँग सम्बन्धित दृश्यहरू सुधार गर्न प्रयत्नरत रहेको बताउनु हुँदै यसका लागि नेपाल प्रहरीको तर्फबाट समन्वय अधिकृत व्यवस्थापन गरिदिए अझ सहज हुने उल्लेख गर्नुभयो ।

कार्यक्रममा वरिष्ठ कलाकार निर शाहले नेपाल प्रहरीसँग चलचित्र उद्योगको इतिहास जोडिएको चर्चा गर्दै आगामी दिनमा समेत पारस्परिक सहयोग आदान प्रदान गर्न नेपाली चलचित्र उद्योग तयार रहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

केही संवेदनशील विषयमा निर्णय लिँदा त्यस क्षेत्रका विज्ञको आवश्यकता पर्ने उल्लेख गर्दै वरिष्ठ कलाकार शाहले चलचित्रमा प्रहरीको चरित्र, प्रहरीसँग सम्बन्धित प्रसंग उल्लेख भएका संवेदनशील विषयमा सुधार गर्न चलचित्र सम्बद्ध व्यक्तिहरूसँग निरन्तर रूपमा अन्तरक्रिया हुनुपर्ने बताउनुभयो ।

समस्या समाधान गर्न लामो विवेचना र विश्लेषण आवश्यक पर्ने भएकोले यसतर्फ आवश्यक समन्वय हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

कार्यक्रममा सहभागिहरूले चलचित्र निर्माणका दौरान महसुस गरेका अप्ठ्यारा र त्यसको सहजिकरणका लागि नेपाल प्रहरीको भूमिकाको बारेमा आफ्ना धारणाहरू व्यक्त गर्नुभएको थियो ।

नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक दान बहादुर कार्कीले स्वागत मन्तव्य व्यक्त गर्नुहुँदै कार्यक्रमको उद्देश्य, पृष्ठभूमि र अन्तरक्रियाका विषयवस्तुहरूको बारे प्रकाश पार्नु भएको थियो ।

चलचित्रमा देखाइने प्रहरीले गर्ने क्रुर व्यवहारसँग सम्बन्धि दृश्य वास्तविक जीवनमा मानव अधिकार विरूद्धको कार्य भएकोले उक्त दृश्य देखाउनु सान्दर्भिक नहुने समेत उहाँले बताउनुभयो ।

उक्त कार्यक्रममा नेपाल चलचित्रमा प्रहरीसँग सम्बन्धित भूमिका, कथावस्तु अनुसार चलचित्रमा पक्राउ परेका व्यक्तिहरु उपर कानुनसम्मत एवम् मानवोचित व्यवहार प्रस्तुत, चलचित्र छायाङ्कन पूर्व प्रहरी प्रधान कार्यालयसँग समन्वय लगायतका विषयमा, प्रहरीले निर्माण गरेका जनचेतनामूलक श्रव्यदृश्य सामग्री चलचित्र हलमा प्रसारण गर्ने पद्दतीको विकास लगायतका विषयमा छलफल भएको थियो ।

कार्यक्रममा वरिष्ठ कलाकार कृष्ण मल्ल, वरिष्ठ संगितकार सम्भुजित बास्कोट, नेपाल चलचित्र प्राविधिक संघ, नेपाल चलचित्र कलाकार संघ, नेपाल चलचित्र निर्देशक समाज, नेपाल चलचित्र निर्माण संघ, गितकार संघ नेपाल, द्वन्द्व कलाकार संघ, टेलिभिजन कलाकर्मी मञ्च लगायत संस्थाका अध्यक्ष तथा पदाधिकारीहरू, चलचित्र विज्ञहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरु समेतको उपस्थिति रहेको थियो ।

IME Lifesidebar
kumari