stcnepal long ad
ime life insurance
national life
global ime bank long

नेपाल मर्चेण्ट बैंकर्स संघद्वारा अर्थ मन्त्री विष्णु प्रसाद पौडेलसंग भेटवार्ता तथा शुभकामना

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल धितोपत्र बोर्डबाट मर्चेण्ट बैंकर, डिपोजिटरी, योजना व्यवस्थापक तथा विशिष्टिकृत लगानी व्यवस्थापन गर्न इजाजतपत्रप्राप्त संस्थाहरुको हक हित तथा नेपालको पूँजी बजारको बिकास र संवद्र्घनका लागी कटिबद्ध रही सकृय रुपमा कार्यरत नेपाल मर्चेण्ट बैंकर संघका पदाधिकारीहरुले आज २०७९ पुस २० गते बुधवार अर्थ मन्त्रालयको कार्यालय सिंहदरवारमा नव नियुक्त अर्थ मन्त्री विष्णु पौडेलसंग भेटवार्ता गरी बधाइ ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना दिनुका साथै वहांको कार्यकालमा नेपालको पूँजीबजारले कोशेढुंगा कायम गर्ने तथा अर्थतन्त्र सवल हुने विश्वास लिएको जानकारी गराएका छन् ।

भेटघाटका अवसरमा अर्थमन्त्री समक्ष मर्चेण्ट बैंकर संघले नेपालको अर्थतन्त्रको वर्तमान अवस्था तथा अर्थतन्त्रका सम्वन्धमा मर्चेण्ट बैंकरले खेल्न सक्ने भुमिकाका सम्बन्धमा बिस्तृत विवरण पेश गरेको छ ।

सो, अवसरमा मर्चेण्ट बैंकरका हकहितका लागि अर्थ मन्त्रालयले सम्बन्धित नियमनकारी निकाय मार्फत खेल्नुपर्ने भुमिकाका सन्दर्भमा बुंदागत रुपमा प्रकाश पारि सो विवरण माननिय अर्थमन्त्रीलाई हस्तान्तरण गरिएको छ ।

IME Lifesidebar
kumari