stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

राष्ट्रपति र उपराष्ट्रपतिको कोरोना परीक्षण

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल २०७७ वैशाख ३१ गते बुधबार 

काठमाडौँ । राष्ट्रपति, उपराष्ट्रपति तथा प्रधानमन्त्री सहित विशिष्ट व्यक्तिहरुकोको कोरोना भाइरस(कोभिड–१९) परीक्षण गरिएको छ ।

सङ्घीय संसदमा राष्ट्रपतिबाट आगामी जेठ २ गते नेपाल सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने समारोहलाई दृष्टिगत गरी उनीहरूको पीसीआर विधिबाट परीक्षण गरिएको हो।

संसद् सचिवालयबाट प्राप्त जानकारी अनुसार राष्ट्रपति कार्यालयमा राष्ट्रपति विद्यादेवी भण्डारी सहित ३७ जना, उपराष्ट्रपति कार्यालयमा उपराष्ट्रपति नन्दबहादुर पुन सहित ६४ जना र प्रधानमन्त्री निवासमा प्रधानमन्त्री केपी शर्मा ओली सहित १० जनाको पीसीआर परीक्षण गरिएको हो।

उक्त समारोहमा सहभागी हुन आउने मुख्य सचिव लोकदर्शन रेग्मी र प्रधानसेनापति पूर्णचन्द्र थापाको पनि स्वास्थ्य परीक्षण भएको छ।

कोभिड–१९ का कारण सङ्घीय संसदमा सार्वजनिक गरिने नीति तथा कार्यक्रममा सामाजिक दुरी कायम गर्नुपर्ने अवस्थाका कारण यस पटक संवैधानिक निकायका प्रमुखलाई मात्र आमन्त्रण गरिएको छ ।

उक्त समारोहमा सहभागी हुन आउने सबैको स्वास्थ्य परीक्षण अनिवार्य गरिएको छ। कोभिड–१९ को जोखिमका कारण उक्त समारोहमा यस पटक नेपालस्थित कूटनीतिक नियोगका प्रतिनिधिलाई भने आमन्त्रण नगरिने बुझिएको छ।

सभामुख, राष्ट्रिय सभाका अध्यक्ष र उपाध्यक्ष, सांसद, कर्मचारी तथा सुरक्षाकर्मी सहित ७११ जनाको नयाँ बानेश्वरस्थित संसद् भवनमा यसअघि नै स्वास्थ्य परीक्षण भइसकेको छ।

prabhu mahalaxmi
kumari