stcnepal long ad
ime life insurance
national life
global ime bank long

थप २६ जनामा कोरोना पुष्टि, एकै दिन ८३ जना जना थपिएसँगै सङ्क्रमितको सङ्ख्या २१७

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल २०७७ वैशाख ३१ गते बुधबार

काठमाडौं । काठमाडौँ र भक्तपुरमा तीन जना सहित मङ्गलवार थप २६ जनामा कोरोना भाइरस(कोभिड-१९) पुष्टि भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौँमा गरिएको पीसीआर नमुनाको परीक्षणमा मङ्गलवार ८३ जनाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सह प्रवक्ता डा. समीर कुमार अधिकारीले जानकारी दिए ।

सह प्रवक्ता अधिकारीका अनुसार भक्तपुरका २५ वर्षीय महिला र २७ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो। काठमाडौँकी एक ३३ वर्षीय महिलामा कोरोना देखिएको हो।

सह प्रवक्ता अधिकारीका अनुसार साँझ पुष्टि भएका नयाँ सङ्क्रमित पर्साका ६ महिला र १२ पुरुष गरी १८, महोत्तरी, धनुषा, भक्तपुरका दुई / दुई गरेर छ जना, काठमाडौँ र सर्लाहीका एकएक जना गरेर जम्मा २६ जनामा कोरोना पोजेटिभ देखिएको हो। यसअघि दिउँसो पर्सामा दुई पत्रकार सहित ३९, रुपन्देहीका ९, कपिलवस्तुका ८ र बाराका एक गरेर ५७ जनामा कोरोना पुष्टि भएको थियो । मङ्गलवार एकै दिन ठुलो सङ्ख्यामा कोरोना पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २१७ पुगेको हो ।

IME Lifesidebar
kumari