stcnepal long ad
ime life insurance
national life
global ime bank long

“युनाइटेड वी फाइट”

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल २०७७ वैशाख ३० गते मंगलबार

काठमाडौं ।  भारतीय सांस्कृतिक सम्बन्ध परिषद् (आईसिसिआर) ले भारत भरका रचनाकार, सङ्गीतकार, गीतकार एवम् गायक सबैलाई एकै ठाउँमा ल्याई, सबैले आ–आफ्नो घरबाट रेकर्डिङ्ग गरी “युनाइटेड वी फाईट” नामक गीत तयार गरेको छ ।

जो अल्भारेसद्वारा रचना तथा कम्पोज गरिएको, टुबी, पण्डित रवि चरी, पण्डित राकेश चौरसिया र उस्ताद फैजल कुरेसीद्वारा सङ्गीतबद्ध तथा उषा उथुप, सलिम मर्चेन्ट, शेफाली अल्भारेस, रासिद, बेनीदयाल, सोनम कालरा, चन्दनबाला कल्याण, जो अल्भारेस, सलोमे र समीराद्वारा स्वरबद्ध सो गीत भारतीय शास्त्रीय सङ्गीतमा अङ्ग्रेजी शब्द भरेर तयार पारिएको हो ।

यस गीतले वसुधैव कुटुम्बकम् अर्थात “विश्व एक परिवार हो” भन्ने भावनालाई जागृत गराउने प्रयास गरेको छ । कोभिड–१९ विरुद्धको हाम्रो सामूहिक लडाइँमा यस गीतले आशा, खुशी, सहनशीलता, रोग विरुद्ध लड्ने भावना जस्ता सन्देश बोकेको छ ।

यो रचना कोभिड १९ विरुद्ध ज्यानको पर्वाह नगरी अरुको जीवन बचाउन प्रयासरत सबै साहसी व्यक्तिहरुप्रति प्रशंसा तथा गहिरो सम्मान सहित समर्पित छ ।

कोरोना संक्रमणको कठिन परिस्थितिका बावजुद मुलुकको सांस्कृतिक विरासत धान्ने, सांस्कृतिक सम्पदा जोगाउने र जीवन्त पार्न अथक प्रयास गर्ने तमाम स्रष्टा तथा कलाकारहरुमा समेत समर्पित छ । साथै, यस सिर्जनाले संक्रमणको
महामारी जस्तो कठिन घडीबीच वरिपरिका परिचित, अपरिचत व्यक्ति तथा समाजको सहयोगमा तल्लिन रहने हरेक व्यक्तिप्रति सम्मान व्यक्त गर्दछ ।

विश्वका सबै साथै हिड्यौ भने मात्रै कोरोना भाइरस विरुद्धको लडाई जित्न सकिन्छ, मानवता र मानव जातिमाथि आइपर्ने चुनौतीको मिलेर सामना गर्नुपर्छ भन्ने सन्देश पनि यस रचनाले दिन्छ ।

मैनबत्ति जलाउने, अग्रपंक्तिमा रहेर काम गर्ने व्यक्तिहरुको हौसला बढाउने, आर्थिक तथा जुनसुकै सहयोग गर्ने, वृद्धवृद्धालाई सहयोग गर्ने तथा स्वयंसेवकलाई सहयोग गर्ने लगायत जुनसुकै तवरबाट कोभिड १९ विरुद्धको संयुक्त लडाइँमा हातेमालो गर्न सक्नुहुनेछ।

आशा छ यस प्रस्तुतिले कोभिड १९ विरुद्धको संयुक्त लडाइँमा होमिन थपउर्जा प्रदान गरेको छ । यो गीत भारतको विदेश मन्त्रालयद्धारा सारा विश्वलाई समर्पण गरिएको छ । आईसीसीआर भारतीय विदेश मन्त्रालय अन्तर्गतको एक स्वायत्त संस्था हो जसले अन्तर्राष्ट्रिय समझदारी कायम गर्ने, भारत र अन्य मुलुकबीचको सांस्कृतिक सम्बन्ध विकास गर्ने एवं अन्य मुलुकमा भारतको मृदु शक्ति फैलाउने काम गर्ने गर्दछ ।

IME Lifesidebar
kumari