कुमारी बैंकको खुद नाफा १ अर्ब १ करोड २७ लाख १३ हजार
काठमाडाैं
वैशाख ३०, २०७७
Aarthik Sanjal
915
shares
आर्थिक सञ्जाल २०७७ वैशाख ३० गते मंगलबार
काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा कुमारी बैंकले १ अर्ब १ करोड २७ लाख १३ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।
यो गत वर्षको भन्दा ०.९३% ले बढी हो । गत वर्ष बैंकले १ अर्ब ३२ लाख ८९ हजार रुपैयाँ नाफा कमाएको थियो । चैत मसान्तसम्म आइपुग्दा बैंकको वितरण योग्य नाफा भने ९२.६८% ले घटेर ४ करोड ५० लाख ६१ हजार रुपैयाँमा सीमित भएको छ ।
गत वर्ष बैंकको वितरण योग्य नाफा ६१ करोड ६० लाख ८७ हजार रुपैयाँ रहेको थियो । बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमशः २३.२६% र ४.२१% ले बढेको छ । यस अवधिमा कुमारीको प्रतिसेयर आम्दानी १२ रुपैयाँ ५२ पैसा र प्रतिसेयर नेटवर्थ १३२ रुपैयाँ ६५ पैसा रहेको छ ।