stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

एकैपटक ठूलो सख्यामा कोभिड संक्रमण देखिएसंगै चौतर्फी सन्त्रास, पर्सामा ४ जना पत्रकार समेत संक्रमित

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल २०७७ वैशाख ३० गते मंगलबार 

 

काठमाडौं । नेपालमा आज मात्र थप ५७ जनामा कोभिड–१९ पुष्टि भएसंगै यत्र तत्र सर्वत्र सन्त्रास बढेको छ । यसवीचमा प्रधानमन्त्री केपी ओलीले काठमाडौं उपत्यकामा लकडाउन अझै कडा पार्न निर्देशन दिएको जनाउदै समाचार स्रोतले आजै उच्चस्तरीय समितिको बैठक बस्ने र बैठकले उपत्यका लगायत विभिन्न क्षेत्रमा लकडाउन कडा पार्ने थप निर्णय गर्ने तयारी गरेको जनाएके छ ।

पछिल्लो समय काठमाडौँ उपत्यकामा लकडाउन खुकुलो भएसंगै अनावश्यक भिडभाड शुरु भएपछि संक्रमणको उच्च जोखिम बढ्नुको साथै चौतर्फी सन्त्रासको वातावरण देखिएको अवस्था छ ।

यसैवीच प्राप्त पछिल्लो जानकारी अनुसार पर्सामा देखिएको ३९ जना संक्रमितमा ४ जना पत्रकार समेत रहेको नारायणी अस्पतालले जनाएको छ ।

prabhu mahalaxmi
kumari