एनसीसी बैंकले थोरै बढायो नाफा
आर्थिक सञ्जाल २०७७ वैशाख ३० गते मंगलबार
काठमाडौं । एनसीसी बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक वित्तीय विवरण अनुसार बैंकको खुद नाफा ०.१५% ले बढेर १ अर्ब १६ करोड ५८ लाख ८६ हजार रुपैयाँ पुगेको छ । गत वर्ष बैंकले १ अर्ब १६ करोड ४० लाख ३० हजार रुपैयाँ नाफा कमाएको थियो ।
चैत मसान्तसम्म आइपुग्दा बैंकको वितरण योग्य नाफा ६३.६४% ले घटेर ३० करोड ५३ लाख २९ हजार रुपैयाँमा सीमित भएको छ । खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमशः १२.३४% र ०.४२% ले बढेको छ । खराब कर्जा पनि ०.५१% घटेको छ । चैत मसान्तसम्ममा बैंकको प्रतिसेयर आम्दानी १६ रुपैयाँ ६२ पैसा रहेको छ । प्रतिसेयर नेटवर्थ १३९ रुपैयाँ ४८ पैसा छ ।


























