stcnepal long ad
ime life insurance
global ime bank long

देवः विकास बैंकको नाफा २३ करोड भन्दा बढी

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल २०७७ वैशाख ३० गते मंगलबार

काठमाडौं ।  देवः विकास बैंकले चालू आर्थिक वर्षको नौं महिनामा २३ करोड ४९ लाख ८२ हजार रुपैयाँ खुद नाफा गरेको छ । यो नाफा गत वर्षको यसै अवधिसम्म २९ करोड १८ लाख ८९ हजार रुपैयाँ थियो । बैंकले मंगलवार सार्वजनिक गरेको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार गत वर्षभन्दा यस वर्ष खुद नाफा १९ दशमलव ५० प्रतिशत कम भएको हो ।

यस वर्ष गत वर्षभन्दा सञ्चालन नाफा २० प्रतिशत घटेकाले नाफामा पनि कमि आएको हो । गत वर्ष ४१ करोड ९२ लाख ८९ हजार रुपैयाँ सञ्चालन नाफा गरेको बैंकले यस वर्ष ३३ करोड ५० लाख २९ हजार रुपैयाँ मात्र सञ्चालन नाफा गरेको छ । बैंकको खुद व्याज आम्दानी भने यस वर्ष १८ दशमलव २५ प्रतिशत बढी  ८२ करोड ३६ लाख ३१ हजार रुपैयाँ भएको छ । यस अवधिसम्म बैंकको वितरणयोग्य नाफा  १ करोड १८ लाख १८ हजार रुपैयाँ छ ।

हाल  ३ अर्ब १७ करोड ७१ लाख रुपैयाँ चुक्तापूँजी रहेको यो बैंकले गत वर्षभन्दा ३१ दशमलव ९४ प्रतिशत बढी  ६४ करोड १२ लाख २३ हजार रुपैयाँ जगेडा कोष रकम कायम गरेको छ । निक्षेप संकलन  २३ अर्ब ५४ करोड ५० लाख रुपैयाँभन्दा बढी गरेको बैंकले कर्जा प्रवाह  २१ अर्ब ३५ करोड ८२ लाख ९० हजार रुपैयाँ गरेको छ । गत वर्षभन्दा यस वर्ष निक्षेप संकलन ८ प्रतिशत र कर्जा प्रवाह ६ प्रतिशत बढी भएको हो ।

निष्क्रिय कर्जा गत वर्षभन्दा यस वर्ष बढेको छ । गत वर्ष यस अवधिसम्म १ दशमलव ६६ प्रतिशत रहेको निष्क्रिय कर्जा यस वर्ष ३ दशमलव ५७ प्रतिशत कायम भएको छ । वार्षिक  ९ दशमलव ८६  प्रतिशत प्रतिशेयर आम्दानी रहेको यस बैंकको प्रतिशेयर नेटवर्थ  १३१ दशमलव ५९ रुपैयाँ छ ।

prabhu mahalaxmi
kumari