citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

फागुन दोस्रो साता स्ववियु निर्वाचन तयारी

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आगामी फागुन दोस्रो साताका लागि स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन तयारी थालेको छ । २०६५ देखि स्ववियु निर्वाचन नियमित हुन सकेको छैन । त्रिविले भने यसपटक निर्धारित मिति आगामी १४ फागुनमै गर्नेगरी तयारी थालेको हो ।

त्रिविले अब स्ववियु निर्वाचत नियमित ढंगले सम्पन्न गर्नेगरी लाग्ने दाबी गरेको छ । सबै निर्वाचन सकिएकाले अब निर्धारित मितिमै सम्पन्न गर्नेगरी तयारी हुने त्रिविले जनाएको छ ।

त्रिवि क्याम्पसमा लामो समयदेखि स्ववियु निर्वाचन हुन सकेको छैन । प्रत्येक २÷२ वर्षमा हुने निर्वाचन २०६५ सालयता नियमित हुन नसकेको हो ।

त्रिविले शैक्षिक क्यालेन्डरमा नै हरेक दुई वर्षमा १४ फागुनमा स्ववियु निर्वाचन कार्यतालिका राखेर निर्वाचन गराउँदै आएको थियो । २०६५ सम्म नियमित हुँदै आएको निर्वाचन त्यसयता हुन सकेको छैन ।

६ चैत २०६५ मा स्ववियु निर्वाचन भएको थियो । त्यसपछि एकैपटक आठ वर्षपछि १५ चैत २०७३ मा स्ववियु निर्वाचन भएको थियो । त्यतिबेला पनि सबै क्याम्पसमा निर्वाचन सम्पन्न हुन सकेन ।

त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीका अनुसार सबै निर्वाचन सकिएकाले अब स्ववियु निर्वाचन तयारीमा लाग्ने बताए । सबै विद्यार्थी संगठनसँग छलफल गरेर फागुनमा निर्वाचन तयारी गरिएको उनी बताउँछन् ।

६ चैत ६ २०६५ पछि एकैपटक आठ वर्षमा १५ चैत २०७३ मा भएको थियो । त्यतिबेला देशभर त्रिविका ६२ आंगिकमध्ये रत्नराज्य क्याम्पस (आरआर), जनप्रशासन क्याम्पससहित उपत्यकामा नौवटा आंगिक तथा उपत्यकाबाहिर १७ क्याम्पसमा स्ववियु निर्वाचन भएको थियो ।

त्यस्तै, उपत्यकाका १३ र उपत्यकाबाहिर २३ आंगिक क्याम्पसमा निर्वाचन हुन सकेको थिएन । त्रिविमा ६२ आंगिक र १ हजार ४० सम्बन्धन प्राप्त क्याम्पस छन् ।

२८ वर्ष उमेरहद र मिश्रित निर्वाचन प्रणाली लागू भएपछि त्रिविका क्याम्पसमा नियमति स्ववियु निर्वाचन भएको छैन । पछिल्लोपटक उमेरहद र मिश्रित निर्वाचन प्रणाली लागू भएपछि पहिलो पटक २०७३ मा आंशिक रूपमा केही क्याम्पसमा निर्वाचन भएको थियो । त्रिविले स्ववियु निर्वाचन गर्न पटकपटक पहल गरे पनि हुन सकेको छैन ।

नेपाल विद्याथी संघ अध्यक्ष दुजाङ शेर्पा स्ववियु निर्वाचन तयारीमा आफूहरू बताउँछन् । सबै संगठन बैठक राखेर स्ववियु निर्वाचन गर्न त्रिविलाई आग्रह गर्ने उनले बताउँदै उनले आफ्नो संगठनको बैठक राखेर निर्वाचनमा जाने निर्णय गरिने जानकारी दिए ।

शेर्पाका अनुसार त्रिविले तोकेको मापदण्ड उमेरहद र निर्वाचन प्रणाली मानेर निर्वाचनमा जान आफूहरू तयार छन् ।

त्रिविले स्ववियु निर्वाचनका लागि २८ वर्षे उमेरहद र सभापति, सचिव तथा कोषाध्यक्ष प्रत्यक्ष निर्वाचन तथा उपसभापति र सहसचिव समानुपातिक एवं ५० प्रतिशत सदस्य समानुपातिकबाट चयन हुन्छन् । स्ववियु निर्वाचन  नहुँदा अहिले त्रिवि सभामा पनि विद्यार्थीको उपस्थिति रहेको छैन ।

अनेरास्ववियु (क्रान्तिकारी) अध्यक्ष पञ्चा सिंहले प्रमुख विद्यार्थी संगठन पदाधिकारीसँग स्ववियु निर्वाचन निर्धारित समयमै गर्नका लागि छलफल गरेको बताइन् ।

‘स्ववियु निर्वाचन नहुँदा विद्यार्थीको आन्तरिक लोकतन्त्र अभ्यास गर्न पाएका छैनन्,’ उनले भनिन्, ‘हाम्रो विद्यार्थी संगठनका पदाधिकारीसँग छलफल भएको छ, निर्वाचन गर्न सबै संगठन तयार रहेका छन्, यो वर्षमा स्ववियु निर्वाचन गर्न सम्भव हुन्छ ।’

अनेरास्ववियु महासचिव समिक बडाल सबै निर्वाचन सकिएको अवस्थामा अब विद्यार्थी संगठन स्ववियु निर्वाचनमा लाग्ने बताउँछन् । स्ववियु निर्वाचन नहुँदा त्रिवि शैक्षिक क्यालेन्डर अस्तव्यस्त र विद्यार्थीले हकअधिकार प्रयोग गर्न नपाएको उनको गुनासो छ ।

आरआर क्याम्पसका निवर्तमान स्ववियु सभापति तपेन्द्र शाही वैचारिक नेतृत्व उत्पादन गर्ने थलोका रूपमा स्ववियु निर्वाचन नहुँदा राजनीतिक दल र मुलुकलाई नै घाटा भएको बताउँछन् ।

himalayan life insurance
igi long