citizens life insurance long ad

रिङरोडको तेस्रो खण्ड नेपालकै लगानिमा बनाउन अर्थमन्त्रीसँग प्रदिप पौडेलको माग

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सांसद एबं कांग्रेस नेता प्रदिप पौडेलले अर्थमन्त्री बर्षमान पुनलाई भेटेर रिङरोड तेस्रो खण्ड (बसुन्धरा देखि धोबिखोला)सम्मको विस्तार गर्ने परियोजनालाइ नेपालकै लगानिमा बनाउने गरि आगामी बजेटमा समाबेश गर्न माग गरेका छन् ।

सरकारले आगामी बर्षको बजेट ल्याउने तयारी गरिरहदा नेता पौडेलले आज अर्थमन्त्री पुनलाई भेटेर रिङरोड तेस्रो खण्ड अण्डरपास सहित(बसुन्धरा देखि धोबिखोला) सम्म नेपालकै लगानिमा बनाउने गरि काम थाल्न माग गरेका हुन् ।

रिङरोड बिस्तारको दोश्रो खण्ड ९कलंकी देखि बसुन्धारा० सममको काम नेपालले गरिरहेको र चिन पक्षबाट हालसम्म पनि कामको प्रकृया शुरु नभएकोले तेस्रो खण्डको निर्माण अनिस्चित बनेको पौडेलले बताए ।

धुलाम्मे साघुरो सडकका कारण सर्बसाधरणले सास्ती खेप्नुपर्ने भएकोले रिङरोडको तेस्रो खण्ड निर्माणका लागि अनिस्चित कालसम्म पर्खन नसकिने उनको भनाइ थियो ।

चिन पक्षबाट दोश्रो खण्डकै काम हालसम्म पनि शुरु नभएकोले नेपालकै लगानिमा तेस्रो खण्ड अण्डरपाससहित (बसुन्धरा देखि धोबिखोला) सम्मको विस्तारका लागि बजेट छुट्याउन माग गरेको नेता पौडेलले बताए ।

नेता पौडेलले अर्थमन्त्री पुनसँगको भेटमा रिङरोड विस्तार लगायत काठमाडौं उपत्यकाका एवं देशका आम नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएका योजनाहरू आगामि बजेटमा समेट्न ध्यानाकर्षण गराएका हुन् ।

पौडेलले काठमाडौंको यातायात ब्यबस्था सहज बनाउन महत्वपुर्ण मानिएको बिष्णुमति करिडोरलाइ नमुना करिडोरको रुपमा बिकाश गरि बहुवर्षे आयोजनाका रूपमा सूचिकृत गराउन माग गरेका छन् । तेसैगरि उनले शहीद गङ्गालाल राष्ट्रीय ह्रदय केन्द्रलाइ चिकित्सा बिषय पठनपाठनको केन्द्र बनाउन पनि माग गरेका छन् ।

पौडेलले काठमाडौंको टुकुचा खोलामा ढल ब्यबस्थित गरि प्रद्षणमुक्त बानाउन, त्यसैगरि कान्ति बाल अस्पताललाइ सुबिधासम्पन्न बाल अस्पतालको रुपमा बिकाश गर्न बजेट ब्यबस्थापनको माग गरेका छन् ।

पौडेलले शिवपुरी राष्ट्रिय निकुञ्ज जलाधार क्षेत्र भित्रका मुहान पोखरी, विष्णु पादुका र चन्डेश्वोरीमा रहेका खानेपानीका स्रोतहरू संकलन गर्न एकीकृत पानी संकलन केन्द्र तथा ट्याङ्की निर्माण गरि वितरणका लागि शिवपुरी खानेपानी राष्ट्रिय गौरव परियोजनालाइ बहुवर्षे आयोजनाका रूपमा सूचिकृत गराई बजेटको विनियोजन गर्न माग गरेका छन् ।

नेता पौडेलले यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर आगामी बजेटमा समाबेश गर्नुपर्ने बहुबर्षिय योजनाका बारेमा ध्यानाकर्षण गराएका थिए । उनले रिङरोड तेस्रो खण्डको विस्तारका लागि पटक ९पटक सरोकारवालाको ध्यानाकर्षण गराउदै आएका छन् ।

IME Lifesidebar
kumari