stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)

मर्जर र लाभांश प्रस्ताव पारित गर्न प्रभु बैंकले डाक्यो साधारण सभा, सेञ्चुरीलाई १:१ अनुपातमा गाभ्ने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । मर्जर तथा लाभांश वितरण गर्ने प्रस्ताव सहित प्रभु बैंकले वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंकको मंसिर २१ गते बसेको सञ्चालक समितिको बैठकले पुस १४ गते २१ औंँ वार्षिक साधारण सभा बोलाएको हो । बैंकको सभा केन्द्रीय कार्यालय, बवरमहल, काठमाडौंमा बिहान ९ बजे सुरु हुनेछ ।

बैंकको सभाले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ६.५० प्रतिशत बोनस सेयर र १.५० प्रतिशत नगद लाभांश ९कर सहित० वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

यस्तै, सभाले आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ ।

सभाले बैंकको अधिकृत पूँजी १२ अर्ब ७० करोड ८७ लाख ४ हजार १७५ रुपैयाँबाट वृद्धि गरी २४ अर्ब रुपैयाँ पुर्याइने, बोनस सेयर वितरणकाश्चात् जारी तथा चुक्ता पूँजी वृद्धि गर्ने विशेष प्रस्ताव उपर छलफल गरी पारित गर्नेछ ।

यस्तै, सञ्चालकहरुको भत्ता तथा सुविधा वृद्धि गर्न नियमावलीमा संसोधन गर्ने, प्रभु बैंकले सेञ्चुरी बैंकलाई प्राप्ति गर्ने सम्बन्धमा सञ्चालक समितिको तर्फबाट प्रस्तुत प्रतिवेदन उपर छलफल गरी पारित गर्ने र संयुक्त प्राप्ति समितिले गरेका निर्णय लगायतका सम्पूर्ण काम कारवाही अनुमोदन गर्नेछ ।

प्रभु बैंकले सेन्चुरी बैंकलाई प्राप्ति गर्ने प्रयोजनका लागि चल अचल सम्पत्ति, दायित्व तथा कारोबारको मूल्यांकन प्रतिवेदनको आधारमा निर्धारण गरिएको सेयर स्वाप अनुपातमा वर्तमान बजार मूल्य, संस्थाहरुको व्यवसायिक अवसर तथा भविष्यको बजार विस्तारको सम्भावना समेतका विषयहरुको आधारमा सेञ्चुरी बैंकको १०० कित्ता सेयर बराबर प्रभु बैंकको १०० कित्ता सेयर प्रदान गर्नेगरी प्राप्ति गर्न स्वीकृति प्रदान गर्नेछ ।

सेञ्चुरी बैंकलाई प्राप्तिपश्चात् बैंकको पूँजी संरचनामा परिवर्तन हुने हुँदा सो बमोजिम हुने गरी प्रबन्धपत्रका विभिन्न दफामा आवश्यक संशोधन, हरेफेर गर्ने, प्रबन्धपत्र, नियमावलीमा गरिने संशोधन उपर नियमनकारी निकाय वा कार्यालयबाट कुनै संशोधन एवं परिमार्जन गर्न निर्देशन भएमा सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने र अन्य बैंक तथा वित्तीय संस्थाहरु गाभ्ने गाभिने प्राप्ति तथा खरिद सम्बन्धी प्रक्रिया अगाडी बढाउनका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरिनेछ ।

बैंकले  साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ पुस १ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले मंसिर २९ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन् ।

prabhu mahalaxmi
kumari