stcnepal long ad
ime life insurance
national life
global ime bank long

काठमाडौं महानगर दिवस साताव्यापी मनाइँदै

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं। सप्ताहव्यापी विविध कार्यक्रम सहित २८ औँ काठमाडौं महानगर दिवसका कार्यक्रम आयोजना हुँदैछन् ।

मंसिर २३ गते महसुस यात्रा र विशेष सरसफाइबाट औपचारिक रुपमा सुरु हुने कार्यक्रम २९ गते बसन्तपुरमा आयोजना हुने मूल समारोहसँग समापन हुनेछन् । दिवसको अवसरमा पारेर यस अघि पनि विद्यालयस्तरमा विशेष प्रतियोगिताहरु सञ्चालन भइरहेका छन् ।

अनलाइनमार्फत सेवाग्राही सर्वेक्षण, मौलिक बाजागाजामा युवाहरुको रुचि बढाउन धिमे बाजा प्रतियोगिता, विद्यालयका विद्यार्थीहरु लागि चित्रकला र निवन्ध लेखन, शिक्षकस्तरमा वक्तृत्वकला, जेलभित्रका विद्यालय, फरक क्षमता भएका (सुस्त श्रवण, सुस्त मनस्थिति, विशेष विद्यालय) विद्यार्थीहरुका लागि कुर्सी दौड प्रतियोगिता, महानगरका कर्मचारीका बिचमा हाजिरी जवाफ प्रतियोगिता आयोजना हुनेछन् ।

परम्परागत गुरुहरुको सम्मान, मेयर ११ र प्रमुख प्रशाकसीय अधिकृत ११ मैत्री फुटबल खेल, महिला जनप्रतिनिधि र कर्मचारीका लागि कुर्सी दौड प्रतियोगिता आयोजना हुनेछन् ।

कलाहरुको प्रवर्धन गर्न मंसिर २९ गते प्रतियोगितात्मक चित्रकला प्रदर्शनी र तस्विर प्रदर्शनी हुनेछ । महिला उद्यमशीलतालाई प्रबर्धन गर्न उद्यमी मेला र स्थानीय परिकारको प्रवर्धन गर्न खाना मेला हुनेछ ।

दिवस विशेष आयोजना गरिने यी कार्यक्रमसँगै गुणस्तरीय र पहुँचयुक्त स्वास्थ्य, प्रतिस्पर्धी र व्यावहारिक शिक्षा, मूर्त अमूर्त सम्पदाको सन्तुलित विकास, संरक्षण र प्रवर्धनका क्षेत्रमा काम गरिरहेका छौँ । सहरी विकासका लागि काम गर्ने सरकारी कार्यालयहरुमा छरिएर रहेको योजना, स्रोत र कार्यक्रमलाई समेटेर एकीकृत पूर्वाधार विकासको प्रयास थालिएको छ ।

सिफारिस लिन, राजस्व तिर्न, भवन नक्सा स्वीकृति लिन जस्ता कामका लागि कार्यालय पुग्नै नपर्ने व्यवस्थाका लागि प्रणाली विकास भइसकेको छ ।

ई—वीपीएस, इजलास, ई—सिफारिसजस्ता प्रणालीबाट हातमै रहेको मोबाइलबाट यी सेवा प्राप्त गर्न सकिन्छ । नागरिकका गुनासा सुन्न तथा समस्याको समाधान गर्न कल सेन्टर सञ्चालन गरेका छौँ । महानगरका महत्वपूर्ण छलफल तथा बैठकहरु तत्काल हेर्नका लागि प्रत्यक्ष प्रसारणको वातावरण मिलाएका छौँ ।

उत्थानशील सहर निर्माणका लागि भवनलगायतका संरचनागत जोखिमलाई घटाउन मापदण्डको पूर्ण पालनामा हाम्रो जोड छ ।

सहरी सुन्दरता बढाउने होर्डिङ् बोर्ड नियमन गर्ने, सार्वजनिक यातायात प्रणाली र पार्किङ्मा सुधार गर्ने काम प्राथमिकताका साथ नियमित भइरहेका छन् । फोहोरमैला व्यवस्थापनका लागि समन्वय, साझेदारिता र सहकार्यको प्रयास भइरहेको छ ।

IME Lifesidebar
kumari